देउवा सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रमुखहरु एकैसाथ पदमुक्त

आइतबार नेपाल सरकारको मन्त्रिपरिषद निर्णयबाट सिफारिस भएअनुसार संविधान बमाेजिम राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी छन ।

प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । नियुक्त गरे लगत्तै सरकारको त्यो कदम विवादित बनेको थियो। चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले राजनीतिक नियुक्ति गरेको भनि प्रतिपक्षहरुले बिरोध गरेका थिए र चुनाव लगत्तै नियुक्ति बदर गर्ने बताएका थिए। बिभिन्न संबैधानिक प्रक्रिया झन्झटिलो भएको कारण तत्काल बदर गर्न नमिलेपछि सरकारले अहिले प्रदेश प्रमुखहरुलाइ पदमुक्त गरेको हो।

आजै बसेको नेकपा को सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखहरुको टुंगो लगाउन सकेन, अन्तरिक छलफल गर्न बाँकी भएको भन्दै नयाँ प्रदेश प्रमुखहरुको लागि प्रस्ताव गरिएका नामहरुमा खासै छलफल नभएको जानकारीमा आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here