एनआरएनए चुनाव : पन्त र आचार्यको प्यानलमा काे-काे ?

गैरआवासीय नेपाली संघ अन्तराष्टॅिय समन्वय परिषद (एनआरएनए-आइसिसी) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । निर्वाचन समितिले नेतृत्वको लागि  ४२ जना उम्मेदवारहरुको उमेदवारी परेको जनाएको छ ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन्  । दुई/दुई पटकसम्म उपाध्यक्षमा बनेका जर्मनीका व्यवसायी कुमार पन्तले यसपटक अध्यक्षको दाबी गर्दै उम्मेदवारी दिएका छन् । उनको समूहलाई नेकपा निकटका रुपमा चिनिँदै आएको छ । यद्यपी केही उम्मेदवारहरु प्रजातान्त्रिक विचारधाराका र केही स्वतन्त्ररुपमा समेत चिनिदै आइरहेका छन् ।

त्यस्तै बेलायत निवासी व्यवसायी कुल आचार्य आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन् । संघका वर्तमान उपाध्यक्ष रहेका आचार्यले अन्तिम समयमा आएर पन्तलाई टक्कर दिएका हुन् । प्रजातान्त्रिक विचारधारका आचार्यको समूहलाई कांग्रेस निकटका रुपमा हेरिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्वद्व एनआरएन प्रतिनिधिहरु आचार्यलाई जिताउन एकतावद्व बनेका छन् ।

इन्फोग्रफी श्रोत अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here