पेरिसमा दसैं तिहार धमाकाको तिब्र तयारी

लक्ष्मण गगन,

दसैँ र तिहारको बीच पारेर अन्तरास्ट्रिय कलाकार समाज (इनास) फ्रान्सले यहि आउदो अक्टोबर २०, आइतबारका दिन पेरिसमा दसैं तिहार धमाका नामक बृहत कार्यक्रमको आयोजना गर्न लागेको छ । नयाँ बर्ष र दसैं तिहार जस्ता पर्बहरुलाइ सबैले एकमुष्ठ रूपमा, एकैदिन,एउटै ठाऊमा मनाउने परिपाटी बसोस भनेर इनास फ्रान्सले २० अक्टोबरको दिन अरु संघ संस्थाहरुलाई यो मितिमा कार्यक्रमहरु नजुधाइदिन धेरै पहिलादेखि नै अनुरॊध गरेको थियो । पेरिसस्थित सबै संस्थाका अध्यक्षहरुलाई आफ्नो सलाहकार समितिमा आबद्ध गरेर इनासले सबैको सहमतिमा यसपालीको दसैं तिहार धमाकालाई बिसेष बनाउने तयारी गरेको छ ।

फ्रान्समै बसोबास गर्ने विभिन्न स्थानीय कलाकारहरुका नृत्य तथा स्थानीय ब्याण्डको लाइभ कन्सर्ट अनि  रयाप शो र कमेडी शो सहित आइतबार १२ बजे सुरु हुने कार्यक्रममा नेपाली लोक दोहोरीको बिसेष आकर्षण पनि रहेको छ । नर्वेबाट बिष्णु छेत्री र बेल्जियमका इनास स्टार लाहुरे कान्छा पनि आमन्त्रित कलाकारको रुपमा आफ्नो प्रस्तुति  दिन आइपुग्ने छन्  ।23 Rue de Stalingrad 93000 Bobigny मा हुने यस कार्यक्रमलाई सफल बनाउन पेरिसका नेपाली ब्यबसायीहरु हरुले स्पोन्सरसीप मार्फत उलेख्य सहयोग गर्न सुरु गरेको कुरा कार्यक्रम संयोजक सुरेस लामाले दिनुभएको छ । कार्यक्रमलाइ नेपाल बिद्यार्थी संघ फ्रान्सले सहयोग गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here