एनआरएनए स्पेनको निर्वाचन आइतवार, कांग्रेस र कम्युनिस्ट प्यानल बीच प्रतिस्पर्धा हुँदै

यहि ७ सेप्टेम्बर आइतबार हुने एनआरएनए स्पेनको छैँठौ अधिबेशन र निर्वाचनमा २ प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ। एनआरएनए आइसीसीले बनाएको आचार संहिता थनक्याउदै नेपाली जनसम्पर्क समिति (कांग्रेस) निकटका उम्मेदवारहरुले प्रवासी नेपाली एकता मञ्च (नेकपा) निकटका उम्मेदवारहरु संग पदको लागि प्रतिस्पर्धा गर्ने छन्। एमआईएस प्रणालीमा २९८ जना मात्र पंजीकृत सदस्य बनेकोमा कागजीरुपमा २ हजार भन्दा बडी सदस्य बनाउदै एनआरएन स्पेनले २ आइसीसी सदस्यको लागी दावी गरेको छ।

एनआरएन स्पेनको आइसीसी सदस्य पदका लागि ३ जनाको उम्मेदवारी परेको छ। संघका वर्तमान अध्यक्ष चिन्तामणि सापकोटा, वर्तमान उपाध्यक्ष सुनिल रानाभाट र पूर्वउपाध्यक्ष प्रकाश तिमिल्सिनाले सो पदमा उम्मेदवारी दिएका हुन्।

त्यस्तै अध्यक्षको लागि कम्युनिस्ट प्यानल बाट दिनेश गुरुङ (देउकाजी) र कांग्रेस प्यानल बाट पेशलकुमार कोइराला भिड्ने छन्।खुल्लातर्फको दुई उपाध्यक्ष पदका लागि दिनेशकुमार गिरी, सनु राउत र उत्तर कुमार राईको उम्मेदवारी परेको छ। एक उपाध्यक्ष (क्षेत्र) छुट्टाईएकोमा रामप्रसाद दाहाल र तुलसी बहादुर गुरुङले उम्मेदवारी दिएका छन्। यस्तै महासचिव पदका लागि बिनय अधिकारी र उमराज ढकाल (राज) भिड्ने भएका छन्।

सन् २०१५- २०१७ को कार्यकालमा कम्युनिस्ट निकटको नेतृत्व रहेको थियो भने १७ – १९ मा कांग्रेस निकटको नेतृत्व रहेको थियो।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here