गाउँलेलाइ जाली ऋण पत्र बनाएर ठगेको आरोपमा पक्राउ परेका श्याम परदेशीको सम्पत्ति छानबिन हुने

मिटर ब्याजमा दुनियालाइ ठग्दै आएका श्याम परदेशी अहिले पक्राउ परेका छन्। सर्लाही र विभिन्न ठाउँका गरिब, सोझा सिधा जनतालाई जाली ऋण पत्र बनाएर ठगी गरेको आरोपमा सर्लाहीका (श्याम परदेशी) भनिने श्यामकृष्ण साह कलवारलाई प्रहरीले यही आइतबार पक्राउ गरेको छ।

पीडितको आरोप थियो ऋणमुक्त हुने भए आफ्ना छोरीलाई म कहाँ पठाईदेउ भनि परदेशीले दिने दवाव । कानुनी प्रक्रिया मिलाएर ठग्ने र राजनिज्ञहरुको राम्रै संरक्षण पाएका श्याम परदेशी सोचे जति सजिला छैनन् । साह माथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर ७ करोड भन्दा बढीको तमसुक गरेको आरोप छ । उनले ३०० जति गाउँलेलाइ तमसुक गराएका थिए, ति मध्य ७५ जना चर्को ब्याजमा पैसा तिर्न नसकेका लाई मुद्दा लगाएका थिए। ५८ जनालाई अदालतबाटै मुद्दा हराएर पक्राउ पुर्जी जारी भएको थियो। धेरैको घर जग्गा लिलामी भएको छ।

मिडियामा धेरै पटक यो बिषय बाहिर आएको थियो सिधा कुरा कार्यक्रम मार्फत पत्रकार रबी लामिछानेले पटक पटक पिडितहरूको पक्षमा बोल्दै आएका थिए। चौतर्फी दवावका कारण अपराधी चरित्र देखीएका श्याम परदेशीलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरी सोधपुछ गर्न बाध्य भएको छ।

सम्पत्ति शुद्धीकरण विभागले आइतबार जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्र लखेर श्याम परदेशीको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ । परदेशीले श्रीमती, दुई छोरी–ज्वाइँ र छोरा–बुहारीको नाममा अकुत सम्पत्ति राखेको परदेशी काण्डमा कलम चलाइरहेका पत्रकारहरुले बताएका छन् । तराइका गाऊँहरूमा कीर्ते तमसुक बनाउदै सोझा गाऊँलेहरूलाइ औंला छाप गर्न लगाउने साहु जामिनदारहरूको बिगबिगी अझै कायम नै छ। यस्ता साहुले बिभिन्न राजनैतिक पार्टीका नेताहरूको पनी राम्रै संरक्षण पाइराखेका हुन्छन ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here