वेल्जियमलाइ १-० ले हराउदै १२ वर्षपछि फ्रान्स फाइनलमा प्रवेश

0

वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे ।

एन्टोइन ग्रिज्मनको कर्नरमा हेडरमार्फत गोल गर्दै उनले टोलीको जित पक्का गरेका थिए । खेलको पहिलो हाफ गोलरहित रहेपनि दुवै टोलीले पाएको अवसर गुमाएका थिए । फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट प्रदर्शन गर्दा बेल्जियमले अग्रता लिन बन्चित भएको थियो ।

सन् १९९८ को विश्वकप विजेता फ्रान्स यसअघि सन् २००६ मा पनि फाइनल पुगेको थियो । सन् १९९८ को फाइनलमा ब्राजिललाई पराजित गरेको फ्रान्स २००६ मा भने इटालीसँग पराजित भएको थियो । फ्रान्सले अब जुलाई १५ मा हुने फाइनलमा इंग्ल्यान्ड र क्रोएसियाको विजेतासँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here