मिस नेपाल युरोपमा फ्रान्सबाट क्रमश: श्रीया भण्डारी, अमृता ढकाल र सुस्मिता न्यौपाने

लक्ष्मण गगन, फ्रान्स | युरोपिएन देशहरुमा रहेका नेपाली मूलका युवतीहरुलाइ लक्षित गरेर बेल्जियममा ‘ड्रिम्स नेपाल’ले पहिलो ” मिस नेपाल “युरोपको आयोजना गर्दै छ । युरोपका विभिन्न देशहरुबाट १८ देखि २५ बर्ष सम्मका अबिबाहित युवतीहरुले भाग लिनको लागी आबेदन दिन पाउने ब्यबस्था गरिएको उक्त कार्यक्रमको छनौटमा १०+२ अथवा त्यस बराबरको सैक्षिक योग्यता हुनुपर्ने छ भने उचाईको हकमा कुनै पाबन्दी लगाइएको छैन ।

“नतिजा अनुसार मिस नेपाल युरोपमा फ्रान्सबाट क्रमश: श्रीया भण्डारी , अमृता ढकाल र सुस्मिता न्यौपानेले भाग लिने छन्।”

आउदो डिसेम्बरमा हुने उक्त प्रतियोगिताको अडिसनको लागी फ्रान्सबाट भाग लिन आबेदन दिएका ७ प्रतियोगीहरुको पहिलो अन्तर्वार्ता ०८ अगस्टमा पेरिसबाट सुरु भएको छ । ड्रिम्स नेपालको तर्फबाट नलिना चित्रकार, कोसिस राज महर्जन र योगिता थापाको उपस्थितिमा फ्रान्सको यो अडिसनको आयोजना गर्ने जिम्मा अन्तरास्ट्रिय नेपाली कलाकार समाज (इनास) फ्रान्सलाइ दिइएको थियो । इनास फ्रान्स बाट अध्यक्ष प्रविन सापकोटा, उपा-ध्यक्ष द्वय जगत खड्का र आभास आचार्य,महासचिब महेन्द्र अधिकारी कोषाध्यक्ष मिली कोइराला र सदस्य जीवन थापा मगरको उपस्थिति थियो। कार्यक्रम अनुसार ७ जना प्रतियोगीहरु संगको अन्तरबार्तापछि इनास फ्रान्सका उपस्थित पदाधिकारीहरु र ड्रिम्स नेपालका प्रतिनिधिहरुको संयुक्त रोजाइमा ३ जनाको नाम परेको छ ।आजको नतिजा अनुसार मिस नेपाल युरोपमा फ्रान्सबाट क्रमश: श्रीया भण्डारी, अमृता ढकाल र सुस्मिता न्यौपानेले भाग लिने छन् ।

विदेशमा नेपाली समुदाएमा कला,गीत, संगीत, न्रित्य आदी विधामा पछिल्लो समय थुप्रै कार्यक्रमहरु हुने गरेका छन् । फ्रान्समा इनास फ्रान्सले स्थापनाकालको १ बर्षको अबधिमै थुप्रै प्रशंसनीए कामहरु गरेको र यो अडिसन पनि यति सफल हुनुमा सम्पूर्ण फ्रान्सबासी नेपालीहरुको माया र सद्भाव अनि कमिटिका साथीहरुको मेहेनतको फल हो भन्ने कुरा इनास फ्रान्सका उपा-ध्यक्ष तथा कार्यक्रम संयोजक आभास आचार्यले बताउनु भएको छ । अवसरहरुको सृजना हुनु नै प्रतिभाहरुको कदर हुनु हो भन्ने कुरा बुझेर इनास फ्रान्सले आउदो मिस नेपाल यूरोपमा फ्रान्सको तर्फ बाट ड्रिम्स नेपाल लाइ भरपूर सहयोग गर्ने प्रतिबद्ता पनि जनाएको छ ।

फ्रान्स अडिसनमा भाग लिने ७ प्रतियोगीहरु:

१ समिक्ष्या थापा

२ अमृता ढकाल

३ मेरिना महर्जन

४ अल्का ओली

५ सुस्मिता न्यौपाने

६ नम्रता बर्तौला

७ श्रीया भण्डारी

फ्रान्सबटा छनौटमा पर्न सफल ३ प्रतियोगीहरु :

१ श्रीया भण्डारी

२ सुस्मिता न्यौपाने

३ अमृता ढकाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here