एनआरएनए लक्जम्बर्गको पाँचौ राष्ट्रिय अधिबेशन सम्पन्न, अध्यक्षमा हरि खत्री निर्विरोध

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद लक्जम्बर्गको पाँचौ राष्ट्रिय अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ ।
यस अधिबेशनबाट सर्बसम्मत रुपमा हरि बहादुर खत्री अध्यक्षमा निर्बाचित भएका छन भने र आइसीसी सदस्यमा बालकृष्ण सापकोटा निर्बाचित भएका छन्। कार्यक्रममा एनआरएनए आइसिसी उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, सचिव जानकी गुरुगं, यूरोप संयोजक शिव कुमार बरुवाल, एनआरएनए कृषि प्रवर्द्वन समितिकका संयोजक युवराज गुरुगंलगायतको सहभागीता थियो ।

खत्रीको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा विमलबाबु उपाध्याय, महिला उपाध्यक्षमा सकुन्तला भट्टराई, महासचिव यम बहादुर खत्री, सचिव विश्वजित बहादुर थापा, कोषाध्यक्ष युद्ध बहादुर थापा, सहकोषाध्यक्ष नारायण प्रसाद दवाडी, महिला संयोजक दुर्गा केसी थापा, र युवा संयोजक नवजित न्युरे यस्तै कार्यसमितिको सदस्यहरुमा बिष्णु खत्री, चँगु नारायण सापकोटा, हिमाल सापकोटा, झलक महत, मन्जु गोयल गुरुगं, प्रेम गोयल, सरस्वती थापा, यम बहादुर थापा निर्विरोध भएका छन् । अधिवेशनले संघको प्रवक्तामा बालहरि राइ चयन गरेको छ । कार्यक्रमको उद्धघाटन नेपाली दूतावासका उपनियोग प्रमुख सुधिर भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here