सरकारले न्युनतम तलब रकम महिनाको १३ हजार ४ सय ५० टोक्यो

0

सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छरोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच भएकोसहमति अनुरुप नै सरकारले न्यूनतम ज्याला तोकेको हो । यसअघि श्रमिकको न्यूनतम ज्याला ९ हजार ७ सय थियो । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सहमति कार्यान्वयन गर्न रोजगारदाताहरुप्रतिवद्ध रहेको भन्दै समृद्ध नेपाल बनाउने अभियानमा आफूहरु हातेमालो गर्न सदैव तयार रहेको बताइन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष विश्वनाथ प्याकुरेलले हाल बृद्धि भएको ज्याला यथेष्ठ नरहेको धारणा राखे । उनले हाल भएको सहमति कार्यान्वयन गर्न रोजगारदातालाई र निर्णय कार्यान्वयन भए नभएको प्रभावकारी अनुगमन गर्न सरकारलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here