रुद्र पुनको स्मृतिमा श्रद्धाञ्जली सभा

0

 

मगर समाज फ़्रान्सका सदस्य स्व रुद्र पुनको पुण्य स्मृतिमा मगर समाज फ़्रान्सले श्रद्दांजलि सभा गरेको छ । मिती १६ आषाढ़ २०७५ का का दिन आयोजना गरिएको उक्त श्रद्धाञ्जली सभामा बिभिन्न संघ संस्थाका महानुभाबहरु र हितैषी साथीभाईहरूको उपस्थिति रहेको थियो ।

सो कार्यक्रम समाजका सचिब भुवन आलेले संचालन गरेका थिए । सो अवसरमा रुद्र पुन सहयोग समितीका संयोजक लोक पुनले आय ब्यय प्रस्तुत गरेका थिए भने समाजसेवी निर्मल अर्यालले दुखद घड़ीमा नेपालीहरुको एक्यबद्धताको सर्हाना गरे । त्यसै गरी जनसम्पर्क समितीका सभापति सुधीर रानाले रुद्र पुनले समाजसेवामा गरेको योगदानको स्मरण गर्दै अरुबेला जे जस्तो भएपनी दुखको बेला नेपालीहरु एक हुने बिशिष्ट सदगुण भएको बताए । ।
अन्तमा समाजका अध्यक्ष रमेश थापाले सहयोग गर्ने सम्पूर्ण संघ संस्था र सहयोगी हातहरुमा धन्यबाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here