एन.आर.एन.ए. फ्रान्सको सबैभन्दा ठुलो चुनौती र पेरिस केन्द्रित नीति

“पेरिस भन्दा धेरै टाढा दक्षिण कर्स देखि तुलुस सम्म फ्रेन्च लेजनमा कामगर्ने र बसोबास गर्ने नेपालीहरु र तिनीहरुका परिवारको संख्या जोडेर एक हजार नागेको छ भन्ने कुरा पेरिसमा बसेका धेरैलाई अबगत नहुन सक्छ । सन्दर्भ के हो भने, जनसंख्याका आधारमा पेरिस भन्दा बाहिर पनि यत्रो ठुलो नेपाली जमात छ जो एनआरएनको पेरिस केन्द्रित वृत्त भन्दा निकै टाढा छ।”

[avatar user=”laxman” size=”thumbnail” align=”left”]लक्ष्मण गगन[/avatar]

कुनैपनि संस्था गठन गर्न जति सजिलो हुन्छ त्यसलाई स्वच्छ र स्वास्थ बनाएर दीर्घकालीन रूपमा लैजान त्यतिनै चुनौतीपूर्ण हुन्छ । २००३ मा गठन भएको एनआरएनए १६ बर्षको लक्का जवान भैसकेको छ र नेपाल सरकारले मान्यता दिएको नेपाली डायस्पोराको एकमात्र बैध संस्थाको रूपमा विश्वभरीका नेपालीहरुले चिनिसकेका छन् । संस्थालाइ चिन्नु एउटा पक्ष हो तर त्यसलाई ग्रहण कसरी गरिएको छ भन्ने कुरा निकै महत्वोपूर्ण हो । एनआरएनए अन्तरास्ट्रीय परिषदको नजिकिदै गरेको निर्वाचन अनि त्यस अगाडीका बिभिन्न देशमा हुदै गरेका एनसीसी कमिटीका निर्वाचनहरुको पूर्बसन्ध्यामा आफु बसेको देश फ्रान्ससंग सम्बन्धित केहि कुराहरु राख्न चाहेको छु ।

सन् २००६, एनआरएन फ्रान्स गठन भएको मिति रहेछ। संजोग नै भनौ मैले फ्रान्समा पाइला टेकेको पनि सोहि बर्ष थियो।एनआरएनको बारेमा थाहा भएपनि, जानेपनि, बुझेपनि सदस्यता लिने न त आफैमा उत्साह आयो न त कही कसैबाट उत्साहित बनाइने बाताबरणको महसुस भयो। त्यसो त यी पंक्तिहरु लेखिरहदा एनआरएनको सदस्यता नलिने मान्छे किन मुख खोलेको भन्ने प्रश्नहरु पनि उठ्न सक्छन । उठ्ने र नउठ्ने प्रश्नहरुका जवाफ तपाइहरुलाइ चित नबुझे बदलामा माफी बाहेक अरु केहि नमाग्ने प्रण गरें।यसलाई बहसको रुपमा भन्दा पनि सम्बन्धित सबैको ध्यानाकर्षणको रुपमा हेरियोस भन्ने मेरो आसय रहेको छ। मैले उठाएको बिषयमाथि आउने क्रिया प्रतिक्रियाहरुले आउदो चुनाबमा असर पार्ने पनि कुनै उदेश्य नरहेको कुरा पनि स्पस्ट पार्न चाहे सुरुमै ।

“अरुबेला निकै सद्भावमा रहेको देखिने पेरिसको नेपाली समाजका भित्रभित्रै पिल्सिएका, लुकेका या लुकाइएका भावनाहरु पनि चुनाबको बेलामा एक्कासी छताछुल्ल हुन्छन, एक अर्कामा आरोप प्रत्यारोपका बर्षाहरु हुन्छन र त्यसको बाछिटा पेरिसभन्दा टाढा रहेका, एनआरएन पेरिस भन्दा निकै पर रहेर टुलुटुलु हेरिरहेका हामीजस्ता त्यहि नेपाली समाजका मान्छेहरु सम्म आइपुग्छन।”

बिश्वका सबैखाले प्रजातान्त्रिक प्रणालीमा बिशेष गरेर निर्वाचनका अगाढी सबै पक्षका दाबेदारहरुबीच बहस जरूरी हुन्छ । बहसको क्रममा आरोप प्रत्यारोप पनि स्वाभाविक रुपमा देखिन्छन।तर बहसहरु मर्यादित छन् भने बहस सुन्ने, पढ्ने र बुझ्नेहरुलाइ मजा आउछ ।कतिपए बहस रोचक हुन्छन, कोहि बहसले कसैलाई दुख्छ र कोहि बहसले कसैको रक्तचाप पनि बढाईदिन्छ।अरुबेला निकै सद्भावमा रहेको देखिने पेरिसको नेपाली समाजका भित्रभित्रै पिल्सिएका, लुकेका या लुकाइएका भावनाहरु पनि चुनाबको बेलामा एक्कासी छताछुल्ल हुन्छन, एक अर्कामा आरोप प्रत्यारोपका बर्षाहरु हुन्छन र त्यसको बाछिटा पेरिसभन्दा टाढा रहेका, एनआरएन पेरिस भन्दा निकै पर रहेर टुलुटुलु हेरिरहेका हामीजस्ता त्यहि नेपाली समाजका मान्छेहरु सम्म आइपुग्छन । व्यक्तिगत रुपमा म पेरिसबासी कसैलाई पनि चिन्दिन,लेखन र कला क्षेत्रका मान्छेले साधारणतया कुनै दल,जात, वर्ग, जमात, या कुनै परिधिमा रहेर त्यसको वकालत पनि गर्दिन। कला क्षेत्र समाजका सबै वर्गको साझा बिरासत हो त्यसकारण इनास फ्रान्ससंग सहानुभूति राख्छु।तैपनि एनआरएन एनसीसी फ्रान्सको निर्बाचनको क्रममा भएका बहसहरुले मेरो अन्तस्करणमा पहिलो पल्ट एनआरएनको बारेमा सार्बजनिक रुपमा बोल्ने भावना पैदा भयो। यही महिनामा हुन् लागेको चुनाब अगाढीका बहसहरु पनि राजधानी पेरिस भन्दा टाढाबाटै सुन्ने र गहिराइ बुझ्ने चेस्टा गरियो । बहस जे जस्तो भएपनि निस्कर्ष रचनात्मक किस्कियोस भन्ने चाहना सहित मैले फ्रान्सका एउटा बिशेष क्षेत्रका नेपालीहरुको बारेमा केहि बोल्ने जमर्को गरेको छु ।

आजको दिनमा फ्रान्समा कति गैर आवासीय नेपालीहरु छन् भन्ने प्रश्नको उत्तर न त पेरिस दूताबाससंग छ, न त एनसीसी फ्रान्ससंग। हरेक बर्ष बढ्दै गएका नेपालीहरु, को -कति ,कहाँ अनि कुन हैसियतमा छन् भन्ने जिज्ञासा कुनै आधिकारिक अंगको आँखामा अहिलेसम्म परेको छैन।जो जति आफ्नै तालले एनआरएनमा आए, आए; त्यो भन्दा बाहिर कसैबाट कुनै दिन न त खोज गर्ने फुर्सद निकालियो न त पेरिसबाट विकेन्द्रित हुन सकियो । मैले केहि दिन अगाडी पेरिसबासी एकजना साथीलाई पेरिसमा कति नेपालीहरु छन् भन्ने प्रश्न गर्दा उहाले १५ सय देखि २ हजारको अनुमान लगाउनु भो । पेरिस राजधानी हो, ठुलो शहर हो, धेरै जना बर्षौ देखि पेरिसमा बसेका दाजुभाईहरु हुनुहुन्छ त्यो सत्य हो।पेरिसमै बसोबास गर्नेहरुले थुप्रै संघ संस्थाहरु खोल्नु भो, खोलिरहनु भाको छ त्यो पनि स्वभाविक हो, नेपाली समाजको राम्रो पक्ष हो । पेरिसबाटै २००६ मा एनआरएन एनसीसी सुरु भयो, एकदम सराहनीय काम भयो सुरुवात गर्ने अग्रजहरु धन्यबादका पात्रहरु हुनुहुन्छ । जो जोसले अहिलेसम्म पद सम्हाल्नुभयो उहाहरु सबै पेरिस केन्द्रित भएर बस्नु भयो । १५ -१६ बर्षको दौरान नेपालीहरुको जनसंख्या बढ्दै गयो पेरिसमा पनि ,पेरिस बाहिरपनि । तुलुसको एअरबसमा काम गर्ने इन्जिनियर या आइटीमा पढ्ने बिद्यार्थी, फ्रेन्च लेजनमा रहेका कार्यालय अधिकृत या मेडिकल एसिस्टेन्ट,मर्सेइ र तुलोंका ब्यबसायी या मोम्पेलिए र लियों का बिद्यार्थी , हर क्षेत्रमा नेपालीहरु आफ्नो खुबी र क्षमताले आफ्नो व्यक्तिगत जीवन गुजारा गर्छन तर न एनआरएन न कुनै संघ संस्थाको चतुर्भुज भित्र पर्छन । व्यक्तिगत जीवन जसको पनि चलिरहन्छ तर सामाजिक पक्ष पनि हरेक आप्रबासी नेपालीको लागि निकै महत्वपूर्ण हुन्छ । फ्रान्सको नेपाली डायस्पोरा पेरिस वरीपरी मात्रै घुमिरहेको देखिएको स्तिथिमा, संस्था खोल्ने, बनाउने समाजका बुज्रुक बर्गहरुले समयमै यो तितरबितर नेपाली डायस्पोरालाइ हेर्ने आँखा बदल्न जरूरी छ । यसको अर्थ यो होइन कि पेरिसका नेपालीहरु र बाहिरका नेपालीहरुबीच घेरो हालिएको छ । भोलीका दिनमा फ्रान्स भनेको पेरिस मात्र हो भन्ने अर्थ नलागोस भनेर, बरु पेरिस र पेरिस बाहिरका नेपालीहरुलाइ जोड्ने पूल बनाउनु पर्छ, भन्ने भावनाको सिर्जना गर्ने मेरो चेस्ठा हो ।

“यति भन्न मन लागेको हो की, केवल हामीकहाँ आउनुस, हाम्रो सहयोग लैजानुस ,हामी पनि आप्रबासी नेपालीनै हौ।भौगोलिक रुपमा टाढा छौ तर पेरिस र हाम्रो दूरी काठमाडौँ र डडेल्धुरा जस्तो छैन भन्ने कुरो हामीले बुझेका छौ र तपाइहरुले पनि बुझ्ने समय आएको छ ।”

फ्रान्सको फ्रेन्च लेजनमा केहि बर्ष देखि नेपालीहरु आउने क्रम निकै बढ्दो छ ।पेरिस भन्दा धेरै टाढा दक्षिण कर्स देखि तुलुस सम्म फ्रेन्च लेजनमा कामगर्ने र बसोबास गर्ने नेपालीहरु र तिनीहरुका परिवारको संख्या जोडेर एक हजार नागेको छ भन्ने कुरा पेरिसमा बसेका धेरैलाई अबगत नहुन सक्छ । सन्दर्भ के हो भने, जनसंख्याका आधारमा पेरिस भन्दा बाहिर पनि यत्रो ठुलो नेपाली जमात छ जो एनआरएनको पेरिस केन्द्रित वृत्त भन्दा निकै टाढा छ।पेरिसका अलग अलग संस्थाहरुको अलग अलग उदेश्य छ र काम गर्ने तरिका पनि फरक होला । सबैले सद्भाव र सम्मानको बातावरणमा काम गरेको देख्न र सुन्न पाउदा पेरिस बाहिरका नेपालीहरुलाइ खुसी नै लाग्छ। तर एनआरएनले अरु स्थानीए संस्थाहरु भन्दा माथि उठेर पेरिस भन्दा बाहिरका नेपालीहरुलाइ पनि सम्बोधन र समाबेश गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्नको उत्तर खोज्ने जिम्मा यी हरफहरु पढ्ने पाठकहरुलाइ दिन्छु ।

एनआरएनले अहिलेसम्म गरेका कार्यक्रमहरु केवल पेरिस केन्द्रित मात्रै छन् । कथंकदाचित पेरिस भन्दा टाढाका नेपालीलाइ कार्यक्रममा सहभागीता जनाउने इच्या भएपनि पेरिसबासीहरुको अनुकुल पर्ने आइतबार पारेर कार्यक्रम हरु हुन्छन । आइतबारको कार्यक्रममा भाग लिएर सोमबार काममा फर्किनेहरू स्वत: हतोत्साही हुन्छन र अवसरबाट बन्चित हुन्छन । हुन् त् सबैलाई अनुकुल पर्ने गरेर सधै कार्यक्रम गर्न नसकिएला तर कमसेकम भौगोलिक रुपमा समाबेश सम्म गर्ने प्रयास सम्म गर्न नसक्नु अहिलेसम्मकै दुखलाग्दो कुरो हो । त्यसको लागी आउदो नयाँ कार्यसमितिले पेरिस भन्दा बाहिरको नेपाली समाजलाई आबद्ध गर्ने एजेण्डा ल्याएर हाम्रो सिटिमा आवोस, हामी दिल खोलेर स्वागत गर्ने छौ । आउनुस, म जस्तै बर्षौदेखि फ्रान्समा बसेरपनि तपाईंहरुले सदस्यता लिन प्रेरित गर्न नसकिएका थुप्रै नेपालीलाई सदस्यता दिलाउन सक्नुस।हाम्रो आगनमा फेस टु फेस अन्तरक्रिया गर्न आउनुस ।समुन्द्र दक्षिणमा पनि छ, सामुन्द्रिक भ्रमण यतातिर पनि भै नै रहन्छन र बार्बेक्यु बनाउने एक से एक माहिर साथीहरुको कमी छैन, कलाकार ,साहित्यकार यता पनि छन् ।अर्कोतिर कसै कसैको आर्मीहरुलाइ हेर्ने दृस्टी अलि बेग्लै हुने गरेको पनि पाइएको छ ,जो केहि व्यक्तिहरुको करण पनि हुनसक्छ। तर यथार्थ के हो भने कार्यक्षेत्र जस्को,जहाँ ,जे भए पनि कसैलाई उसले गर्ने कामको अधारमा हेर्नु र मूल्यांकन गर्नु पक्कै पनि जायज होइन।जुनसुकै समाजका हरेक तह र तप्कामा अलग अलग रंगहरु हुन्छन नै तर बैचारिक रूपमा हरेक रंगको के कति मूल्य छ र त्यसले समग्र समाजलाई कति फाइदा या नोक्सानी गर्न सक्छ भन्ने कुरा सबैले बुझ्नु पर्ने कुरा हो ।३७२ जना मतदाता मध्ये लगभग ९९ प्रतिसत पेरिसकै वरीपरी भयको एनआरएनए लाइ “एनआरएन पेरिस” भन्ने कि एनआरएन फ्रान्स भन्ने प्रस्न मेरो मनमा चै उठ्यो तपाइहरुको मनमा उठ्छ उठ्दैन इमान्दारितापूर्बक भन्नुहोला। त्यसैले यति भन्न मन लागेको हो की, केवल हामीकहाँ आउनुस, हाम्रो सहयोग लैजानुस ,हामी पनि आप्रबासी नेपालीनै हौ।भौगोलिक रुपमा टाढा छौ तर पेरिस र हाम्रो दूरी काठमाडौँ र डडेल्धुरा जस्तो छैन भन्ने कुरो हामीले बुझेका छौ र तपाइहरुले पनि बुझ्ने समय आएको छ ।

“व्यक्तिगत जीवन जसको पनि चलिरहन्छ तर सामाजिक पक्ष पनि हरेक आप्रबासी नेपालीको लागि निकै महत्वपूर्ण हुन्छ ।फ्रान्सको नेपाली डायस्पोरा पेरिस वरीपरी मात्रै घुमिरहेको देखिएको स्तिथिमा, संस्था खोल्ने र बनाउने समाजका बुज्रुक बर्गहरुले समयमै यो तितरबितर नेपाली डायस्पोरालाइ हेर्ने आँखा बदल्न जरूरी छ।”

राजधानी पेरिस भन्दा टाढा दक्षिणी फ्रान्समा मेरै कार्यक्षेत्रमा काम गर्ने सिटीहरुमा बसोबास गर्ने म जस्ता थुप्रै नेपालीहरुको मनोभावना मेरो जस्तै छ । एनआरएन सबै आप्रबासी नेपालीहरुको हो तर नेतृत्वमा पुगेका र पुग्ने दाजुभाइहरुले भोलिका दिनमा काम गर्दा एनआरएन फ्रान्सलाइ अझै बिस्तारित रुपमा सुद्रीढ बनाएर लग्नमा हाम्रो पनि सहयोग अवस्य हुने छ।केहि समय देखिका सामाजिक संजालमा देखिएका विभिन्न आरोप, टीकाटिप्पणीहरुसंग हामी कुनै सम्बन्ध राख्दैनौ, कसैको पक्ष पनि लिदैनौ र विपक्षमा पनि उभिदैनौ । सामाजिक संजालका बहसहरुले एनआरएन प्रति बितृष्णा पैदा नहोस । तपाईंहरुको आन्तरिक विवाद जायज हो होइन भन्ने बहसमा नाछिरिकनै संस्था मूल कुरो हो, व्यक्ति गौण हुन् भन्ने हामीले बुझेका छौ । जो सुकै नेतृत्वमा आएपनि हामीले उठेको एजेन्डा बोकेर हाम्रो घर दैलोमा आउनकोलागी निमन्त्रणा गर्दछौ।आउदा दिनहरुमा नयाँ कार्यसमितिले ठुला सिटिहरुमा बेलाबेलामा औपचारिक रुपमा पाइला टेकोस देख्न पाइयोस । नेतृत्वका दाबेदार सबैलाइ सुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here