नेपाली राजदुतावास फ्रान्सको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न

यहि जुलाई २९, २०१९ का दिन नेपाली राजदुतावास फ्रान्सले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा फ्रान्सका लागि महामहिम राजदुत दिपक अधिकारी, मिस नेपाल २०१८ तथा नेपाल फ्रान्स सद्वभावना दुत श्रृंखला खतिवडा लगायत फ्रान्समा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बिशेषगरी नेपालमा धेरै भन्दा धेरै फ्रान्सेली पर्यटक कसरी भित्र्याउन सकिन्छ र फ्रान्समा उच्च शिक्षा अध्ययनको निम्ति आउने बिद्यार्थीहरुलाइ कसरी सहि जानकारीहरु दिदै सहयोग गर्न सकिन्छ भन्ने कुरामा छलफल केन्द्रित रहेको थियो ।

नेपालमा पर्यटन प्रवर्द्वनको लागि भिजिट नेपाल २०२० लाइ लक्षित गर्दै के कस्ता कार्यक्रमहरु ल्याउन सकिन्छ भन्ने बारेमा केन्द्रित बहसमा राजदुत दिपक अधिकारीले नेपाली राजदुतावासको तर्फ बाट गरिएका काम र पहल बारे जानकारी दिएका थिए त्यस्तै सद्वभावना दुत श्रृंखला खतिवडाले आफ्नो तर्फ बाट गरिएका कामहरुको संक्षिप्तमा जानकारी दिदै आगामी दिनहरुमा कसरि जान सकिन्छ भन्ने बारेमा फ्रान्सवासी नेपालीहरुको तर्फ बाट राय सल्लाह लिएकी थिइन ।

नेपाल फ्रान्स द्वपक्षीय सम्बन्धको ७० औं बर्षको अवसर र भिजिट नेपाल २०२० लाइ मध्यनजर गर्दै फ्रान्समा बिभिन्न कार्यक्रमहरु गर्न सकिने बताउदै उपस्तिथहरुले त्यसबारेमा सल्लाह र सुझाव दिएका थिए। नेपाल बाट केहि बर्ष देखि बिद्यार्थीहरु फ्रान्स आउने क्रम बढिरहेको परिपेक्षमा सहि सूचना र जानकारीहरुको अभावका कारण उनीहरु ठगिने गरेको बताउदै त्यसलाई तत्काल रोक्न पहल गरिनु पर्ने सुझाव दिइएको थियो।  सद्वभावना दुत खतिवडाले नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाइ भेटेर छलफल गर्न पाउदा खुशी लागेको बताएकी थिइन। उनले केहि समय अगाडी मात्रै नेपाल फ्रान्स सम्बन्धको ७० औं बर्षको र नेपालको झन्डा मों ब्लाँ मा फहराएको कुरा फ्रान्सका स्थानीय पत्रपत्रिकाले प्राथमिकताका साथ प्रकाशित गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here