नवौं “एकता कप” फुटबल प्रतियोगिताको उपाधि एनआरएनए फ्रान्सको हातमा तमु समाज फ्रान्स दोश्रो

एकता समाज फ्रान्सले यहि ७ जुलाइ २०१९ आइतबार नवौं “एकता कप” फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ । ९ नेपाली टीमहरूबीच खेलाइएको खेलको उपाधि एनआरएनए फ्रान्स B टिमले हात पारेको छ। एनआरएनए फ्रान्स B टिमले उपाधिको लागि तमु समाज सेतो जर्सी लाइ ५ – २ को फराकिलो गोल अन्तरले पछि पारेको थियो। अघिल्लो बर्ष को बिजेता तमु समाज फ्रान्स यसपटक उपविजेता हुन पुगेको छ।

प्रतियोगितामा प्रथम हुने लाइ १००५ युरो कप तथा मेडल पुरस्कार दीइएको थियो भने द्वितीय हुनेलाइ ५५५ युरो कप तथा मेडल र
तृतीय हुनेलाइ कप तथा मेडल पुरस्कार दीइएको थियो। सर्वाधिक गोलकर्ता तमु समाज फ्रान्सका सुरज केसी र एनआरएनए B टीमका सुप्रीत रानाले बराबरी ५/५ गोल गरी कप मेडल तथा नगद ५०/५० युरो प्राप्त गरेका थिए। उत्कृष्ट खेलको उपाधी उपविजेता तमु समाज सेतो टीमका छबि गुरूंगले कप मेडल तथा नगद १०० युरो प्राप्त गरेका थिए। उत्कृष्ट गोल किपरको उपाधी भने एनआरएनए फ्रान्सका बिकास खड्काले कप मेडल तथा नगद १०० युरो प्राप्त गरेका थिए।

नवौं “एकता कप”मा एनआरएनए फ्रान्स र तमु समाज २/२ टिमका साथ मैदानमा थिए तेस्तै एकता समाज फ्रान्स, मगर समाज फ्रान्स, गोर्खा समाज फ्रान्स, हिमालयन शेर्पा टिम र नेपाली बिधार्थी संगठन फ्रान्स सहभागी थिए। पहिलोपटक प्रतियोगितामा सहभागी फ्रान्सका नेपाली बिद्यार्थीहरुलाइ टिम दर्ता शुल्कमा ५० प्रतिशत सहुलियत दिइएको थियो।

कार्यक्रमको क्रममा गत हप्ता दिवंगत दुर्गा मगर प्रति १ मिनेट मौन धारण गरी श्रदान्जली अर्पण गरिएको थियो। बिजेता उपबिजेता र उत्कृस्टहरुलाइ प्रमुख आतिथी नेपाली राजदुतवास फ्रान्सका उपनियोग प्रमुख खडक प्रसाद दाहालले पुरस्कार वितरण गर्दै बधाई दिएका थिए। आयोजक एकता समाजका अध्यक्ष प्रमोद पाण्डेले सबै सहयोगीहरुलाइ धन्यवाद र बिजेताहरुलाइ बधाई दिदै कार्यक्रमको समापन गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here