पेरिसमा गोरखाली भेटघाट तथा बिबिक्यु कार्यक्रम सम्पन्न

0

 

फ्रान्सको पेरिस शहरको पुर्बि सिमानामा जोडीएको पँता (pantain) शहर अबस्थित बिशाल पार्कमा ८ जुलाई २०१८ का दिन गोरखाली समाज फ्रान्सले नेपालीहरुको भेटघाट तथा  BBQ  कार्यक्रम सम्पन्न गरेको छ ।

भेटघाट तथा बिबिक्यु कार्यक्रममा नेपाली राजदुत श्रीमती अ्बिका देवी मानन्धर लुईटेलको प्रमुख अतिथ्यता रहेको थियो भने नियोग उपप्रमुख लेखनाथ भट्टराई, फ्रान्सका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रमको अध्यक्षता संस्थाकै अध्यक्ष सुरेन्द्र काप्रीले गरेका थिए भने कार्यक्रम सन्चालन समाजका महासचिब राजेन्द्रबाबु श्रेष्ठले गरेका थिए ।

पार्कको वरपर र दोबाटोमा नेपाली ध्वजा, झन्डा , ब्यानरले सजाइएको थियो । कार्यक्रम स्थलमा नेपाली संगितका बाजागाजा धुन, नृत्य भैरहदा, मासु पोल्ने पकाउने र खाने पनि चलिरहेको थियो । नाच गान, कार्यक्रमको वीच वीचमा स्वागत मन्तव्यको कार्यक्रम संचालन भैरहेको थियो । समाजका अभिभाबक एब साहित्यकार हरिहर अर्यालले सबै अतिथिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए भने राजदुत श्रीमति अम्बिका देबी मानन्धर लुइँटेलले गोर्खाली समाज फ्रान्स स्थापनाको उदेश्य प्राप्तिको लागि हार्दिक शुभकामना ब्यक्त गरिन् ।

शुभकामना मन्तब्य ब्यक्त क्रममा गैरआबासिय नेपाली संघ अन्तरास्ट्रिय परिसद सदस्य सुबर्ण हमाल , फ्रान्सका अध्यक्ष एकेन्द्र ब मल्ल, पूर्व उपाधक्ष्य हरि सापकोटा , नेपाली एकता समाज फ्रान्सका प्रमोद जंग पाण्डे, पाकोफ़ोनकी अध्यक्ष्य श्रीमती सुमित्रा प्रधान, सास्कृतिक गृहका अध्यक्ष्य हेमन्त उपाधयाय, तमु समाज फ्रान्सका अध्यक्ष्य चित्र गुरुङ, मगर समाज फ्रान्सका उपाधक्ष्य बिष्णु ब सारु मगर, समाजसेबी जीबन के सीले आआफ्नो मन्तब्य राखेका थिए । कार्यक्रम मासमाजका सल्हाहकार एवम् एकता समाज फ्रान्सका पूर्व अधक्ष्य शुक्र ब गुरुङले गोर्खाली समाजका फूटबल खेलाडीहरुलाई परिचय गराएका थिए भने अर्को सल्हाहकार एवम् एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष्य, इन्जिनीयर निर्मल अर्यालले समाजका कार्यसमितिको परिचय गराएका थिए ।

समाजका उपाधक्ष रामेश्वोर श्रेष्ठले बाबिक्यु तयारी उपसमितिका साथीहरु सन्जिब देवकोटा, बिष्णु दवाडी, बीर ब गुरुङ, कुल ब तामांग, सुजन देवकोटा, लाई धन्यवाद दिदै परिचय गराएका थिए । समाजको कोषाधक्ष्य नानु देबकोटा, सदस्यहरु धन कु घले, जीवन आले, सुदेश तामांग, सुजन बानियाको पनि उक्त अवसरमा उपस्थिति र सक्रिय योगदान रहेको थियो । कार्यक्रममा आन्जेश चुडाल र साथीहरुले लाईब संगीत प्रस्तुत गरि सहभागीहरुमा थप मनोरंजन प्रदान गरेका थिए ।
अन्तयमा समाजका अध्यक्षले गोर्खाली समाज फ्रान्स को उदेश्यहरु माथि प्रकाश पार्दै उपस्थित सबै महानुभावहरुलाई धन्यवाद दिएर कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए ।

फ्रान्समा जन्मिएको नेपाली बिभिन्न सँघसंस्था स्थापना हुने क्रममा यो कान्छो संस्था बन्न पुगेको छ । गोरखा जिल्लामा जन्मेर हुर्केर हाल फ्रान्समा बसोवास गर्ने गोर्खालीहरुले आफ्नो जन्मभूमिको माया र सद्भाव अनि अटुट सम्बन्ध कायम गर्न गत बैसाख २०७५ मा यो समाज स्थापना गरेका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here