नेपाल मैत्री फ्रान्सेली संस्था “सिएल द घुन्सा”को कार्यक्रममा नेपालीहरुको सहयोग र सहभागिता

यहि १९ मे २०१९ का दिन फ्रान्सको दक्षिणी सहर बान्योल सुर सेजमा बसोबास गर्ने नेपालीहरुले नजिकैको सहर साँ जेर्भे स्थित Ciel de Ghunsa (घुन्सा को आकाश) नामक एक संस्थाले नेपालको घुन्सा गाउँको सहयोगार्थ आयोजना गरेको आर्थिक संकलन कार्यक्रममा सहभागिता जनाएका छन ।

नेपालको सोलुखुम्बु जिल्लामा रहेको विकट घुन्सा गाउँमा बिद्यालयको अभाबका कारण सयौं बालबालिकाहरु शिक्षाबाट बन्चित थिए, पर्यटका रुपमा गाउँमा पुगेका केहि फ्रान्सेलीहरु मिलेर गाउँमा माध्यमिक तह सम्मको बिद्यालय निर्माण गरी यसै संस्था मार्फत विगत ५ वर्ष देखि सम्पूर्ण आर्थिक सहयोग गर्दै आएका छन। गाउँमा पुगेका फ्रेन्चहरुले भान्सामा दाउराबाट खाना पकाउदा धुवाँले स्थानीयहरुको स्वास्थ्यमा असर पर्ने देखेर सँस्थाका समाजसेवी सदस्यहरुले ५१ वटा चिम्नी चुलो बनाइदिने काम सुरु गरेका छन। यी बिभिन्न सामाजिक कामहरुको लागि आवस्यक आर्थिक संकलनको उदेस्यले गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४ किमि, ८ किमि, १२ किमि र १६ किमि पैदल यात्रा (Randonnée pédestre) र अन्त्यमा सहभागीहरुलाई नेपाली खाना दाल भात तरकारी, म:म र विभिन्न नेपाली परिकारहरुले स्वागत गरिएको थियो।

कार्यक्रममा यस सहरको वरिपरि छरिएर बसेका फ्रेन्च आर्मीमा कार्यरत (1REG) का नेपाली युवा र परिवारहरुको बाक्लो सहभागिता थियो । पैदल् यात्रामा व्हील चेयर (wheel chair ) मा भाग लिने यात्रीहरुलाई नेपाली युवाहरुले सहयोग गरेका थिए भने अन्य नेपालीहरुले हल तयारी, खाना को परीकार तयारी तथा बिभिन्नरुप मा सहयोग गरी कार्यक्रम भब्यताका साथ सफल बनाउन मदत गरेका थिए।

कार्यक्रममा सहभगि सबैले खुशी व्यक्त गर्दै आउने बर्षहरुमा पनि नेपालमा सहयोगको लागि आर्थिक संकलन कार्यक्रममा सहभगिता जनाउने बाचा गरेका छन। आफ्नो देशबाट टाढा भए पनि दैविक बिपत्ति पर्दा सहयोग र मानवीय सामाजिक कार्यक्रमहरुमा यहाँ बस्ने नेपालिहरु सधै सहयोगी भावनाका साथ सहभागिता जनाउने गरेका छन।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here