पोर्चुगलका राष्ट्रप्रतिसँग एनआरएनए पोर्चुगलका प्रतिनिधिहरुको भेट

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजासँग एनआरएनए पोर्चुगलका प्रतिनिधिहरुले मंगलबार भेटबार्ता गरेका छन्। बेलेइ प्यालेसमा रहेको राष्ट्रप्रतिको कार्यकक्ष उनीहरुले भेटवार्ता गरेका हुन्।

पोर्तुगलका राष्ट्रपति मार्सेलु रेबेलु दे सोउसा राष्ट्रप्रतिसमक्ष पोर्चुगलमा नेपाल गार्डेनको निर्माण साथै नेपालमा अधिकार सम्पन्न पोर्चुगलको कुटनीतिक नियोगको माग गरेको एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीले बताए। साथै उनले राष्ट्रपति संगको भेट नेपाली समुदायको ३० वर्षको इतिहासमै उपलब्धीमुलक क्षण भएको बताए। नेपालीहरु कृषि, रेष्टुरेन्ट र व्यापार व्यवसाय गरेको जानकारी गराउदाराष्ट्रपतिले रुचीपूर्वक सुनेको अध्यक्ष कार्कीले बताए।

राष्ट्रपति सोउसाले नेपालमा अधिकार सम्पन्न पोर्तुगीस कुटनीतिक नियोगको स्थापना र नेपाली समुदायका लागि नेपाली साँस्कृतिक केन्द्र बनाउन जग्गा उपलब्ध गराउने आश्वासन दिएको कार्यक्रममा उपस्तिथ पत्रकार योगेन्द्रमिलन छन्त्यालले बताएका छन्।

लगभग ३० हजार संख्यामा नेपालीहरु रहेको देश पोर्चुगलका राष्ट्रपति संगको भेटमा अध्यक्ष कार्की लागाएत एनआरएनए आईसिसी सदस्य नरेन्द्र हमाल, संघका पुर्व अध्यक्ष रमेश कुमार गुरुङ,प्रबासी नेपाली मञ्चका अध्यक्ष गोबिन्द पौडेल, पत्रकार योगेन्द्रमिलन छन्त्याल लगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here