साराय खुमालो: अफ्रिकी मूलकी प्रथम महिलाको सगरमाथा विजय

[avatar user=”laxman” size=”thumbnail” align=”left”]लक्ष्मण गगन[/avatar]

बिश्वभरीका आरोहीहरुले बनाइसकेका अलग अलग किर्तिमानहरुका बिच सगरमाथा आरोहणको इतिहासमा फेरी एउटा नया किर्तिमान थपिएको छ।हालसम्म थुप्रै अफ्रिकी मूलका कालो बर्णका आरोहीहरुले सगरमाथा चढिसकेका भए पनि  यो बर्णकी महिलाले सफल अरोहण गरेको पहिलो पटक हो ।अफ्रिकी महादेशको दक्षिण अफ्रिकी महिला नागरिक ४७ बर्षिय साराय खुमालोले १६ मे २०१९ का दिन सगरमाथाको सिखर चुम्न सफल भएकी छन । बर्षौ देखिको अथक तयारी अनि बिगतका बर्षहरुका ३ असफल प्रयास पछि चौथो पटकमा उनले यो सफलता हासिल गरेकी हुन।

एउटा सामान्य मान्छेले पनि असामान्य पहाडहरु चड्न सक्छ भन्ने उदाहरण दिन र यो सफलताले आफ्ना सन्तानहरुलाइ प्रेरणा मिलोस भन्ने सोच बोकेर  उनले  अझै थुप्रै हिमालहरु चड्ने सोच राखेको कुरा आफ्नो इन्टरनेट साइटमा लेखेकी छिन ।तान्जानियाको किलिमन्जारो ,अर्जेन्टिनाको आकोङ्कागुवा र रसियाको माउण्ट एल्ब्रोउजको सफल आरोहण गरिसकेकी साराय खुमालोको सगरमाथा आरोहणको सफलताको दक्षिण अफ्रिकामा व्यापक चर्चा गरिएको छ । आफ्नो देशमा बालबालिकाहरु को शिक्षाका लागि पहल गर्न र  पुस्तकालय बनाउन का लागी फण्ड जुटाउन आफ्नो आरोहणको प्रचार गरिरहेकी यी आरोही लाइ दक्षिण अफ्रिकाका रास्ट्रपति सिरिल रामाफोसाले समेत बधाई दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here