प्रियंका कार्की बनिन् फ्रान्सको ‘कान्स फिल्म फेस्टिभल’मा भाग लिने पहिलो नेपाली अभिनेत्री

विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने Cannes Film Festival(कान्स फिल्म फेस्टिभल) मा पहिलो पटक नेपालले पनि सहभागीता जनाउने भएको छ । ७२ बर्ष लामो इतिहास बोकेको विश्वकै ठूलो यो फेस्टिभलमा नायिका प्रियंका कार्कीले पहिलो पटक उपस्थिती जनाउँदै छिन् । यो फेस्टिभल मे १४ देखि मे २५ सम्म चल्नेछ । उनी सोमवार नै रेड कार्पेटमा उपस्थित हुने कार्यक्रम रहेको छ।

प्रिएंकाले सामाजिक सन्जालमा आफनो सहभागिता बारे जानकारी दिदै भनिन : ‘नेपालको प्रतिनिधित्व गरेर कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु एकदमै गौरवको कुरा हो । मैले धेरै पहिलेदेखि यो सपना देख्दै आएकी थिएँ । कान्समा हिँडेका सेलेब्रेटीहरू देख्दा मलाई सधैं म पनि एक दिन यहाँसम्म पुग्नेछुु भन्ने लाग्थ्यो। यो दिन आइपुग्यो।’

उनी मे २० देखि २४ सम्ममा उनी चार वटा कार्यक्रममा सहभागी हुनेछन्। रेड कार्पेटमा हिड्ने देखिन माइकल ज्याक्सनको परिवारले स्थापना गरेको फाउन्डेशनले आयोजना गर्ने पिस नाइट नामक एउटा कार्यक्रममा पनि उनि सहभागि हुनेछिन। बलिउडदेखि हलिउडका कलाकार सहभागि हुने ‘रोयल गाला डिनर’मा पनि प्रियंका सामिल हुनेछिन। कान्समा बलिउडबाट अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा, कंगना रनावत, ऐश्वर्या रायलगायतका अभिनेत्रीहरुको सहभागी हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here