सरकारले मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरू गरेको छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले कम्युनिष्ट नेता मदन भण्डारी र जीवराज आश्रीतको हत्याबारे छानबिन थालेको बताएका छन्। २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।

‘उहाँहरूको हत्यारालाई कानुनीरूपमा थूनामा ल्याउने र अपराधको सजाय दिने प्रकृयालाई वर्तमान सरकारले अगाडि बढाइरहेको छ,’ उनले भने।

२६ वर्षअघि चितवनको दासढुंगामा जीप दुर्घटना भएपछी दुवै नेताको मृत्यु भएको थियो। जीप दुर्घटना भएको हो कि उनीहरूको हत्या गरिएको हो भन्नेमा अहिलेसम्म विवाद कायमै छ। गृहमन्त्री थापाले भने जीप दुर्घटना षड्यन्त्रपूर्वक गराइएको संकेत गरेका छन्।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here