फ्रान्सका नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती आइफेल टावर अगाडी मनाउने, तयारी तीव्र

फ्रान्सका नेपाली संघसंस्थाहरुले यहि आउदो १९ मे आइतबारका दिन पेरिस स्थित प्रशिद्द आइफेल टावर अगाडी २५६३ औं बुद्ध जयन्ति संयुक्त रुपमा मनाउनको लागि एक कार्यक्रम गर्ने भएका छन । नेपाली राजदुतावास फ्रान्स र फ्रान्सका १२ ओटा नेपाली संघसंस्थाहरुले आयोजना गर्ने उक्त कार्यक्रममा बुद्दको मुर्ति, बुद्ध नेपालमा जन्मिएका हुन भन्ने जानकारी दिने ब्यानरहरु नेपाल चिनाउने ब्यानरहरु समावेश गरिनेछ।  

गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैल्याउने उद्देश्यले २००९ देखि फ्रान्सको महत्वपूर्ण पर्यटकीय स्थानमा बुद्ध जयन्ती मनाइदै आएको छ । यसपटकको बुद्ध जयन्तीको अवसरमा भने नेपाल सरकारद्वारा घोषणा गरिएको नेपाल पर्यटन वर्ष २०२० लाई समेत प्रबर्धन गर्दै आगाडी बढ्ने लक्ष्य रहेको संघसंस्थाहरुका प्रतिनिधिहरुले पेरिसनेपाल डट कम लाइ बताएका छन् ।

आइफेल टावर बिश्वकै सबैभन्दा धेरै पर्यटकहरुले भ्रमण गर्ने ठाउँ मध्यमा पर्दछ। शान्तिका दूत गौतम बुद्धको जन्मथलो लाइ लिएर फैलिएको भ्रम चिर्दै रास्ट्रिय झन्डा संगै गौतम बुद्धको मुर्ति आइफल टावर अगाडी राख्दा धेरै पर्यटकहरुलाइ एकैसाथ केहि हदमा भए पनि नेपाल चिनाउन सकिन्छ ।  

कार्यक्रमलाई ब्यबस्थित तरिकाले सम्पन्न  गर्न यहिँ ८ तारिख सबै आयोजक संघसंस्थाहरुको संयुक्त बैठक बसेको थियो। उक्त बैठक बाटै कार्यक्रममा फ्रान्सवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजकहरुको तर्फबाट उपस्थितिको लागि अनुरोध गरिएको छ।

कार्यक्रमहरु:

१. बुद्धको प्रतिमामा माल्यार्पण र दीप प्रज्वलन

२. महामहिम राजदूतज्युबाट बुद्ध जयन्तीको बारेमा मन्तब्य र शन्देश

३. बुद्धका सन्देशहरुको सान्दर्भिकतामा दुईओटा नेपाली गीतहरु को संयुक्त गायन (उपस्थित सबैबाट)

(१. फूलको आँखामा, २. जहाँ छन् बुद्धका आँखा)

४. ५ मिनेटको मेडीटेसन

५. धन्यबाद ज्ञापन एबम जलपान

मिति : १९ /०५/२०१९ आइतबार

समय: ठीक १५:०० देखि १७

बजेसम्म

स्थान: Trocadéro (आइफिल टावर)

मेट्रो : Ligne 9

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here