चीनमा राष्ट्रपति भण्डारीलाई राजकीय सम्मान, पारवहन प्रोटोकलमा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ  ।  भ्रमणका क्रममा नेपाल र चीनबीच सात वटा सम्झौतामा हस्ताक्षर भयो। सोमबार अपराह्न बेइजिङस्थित जनवृहद सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौता सम्पन्न भएको हो। सम्झौतामा हस्ताक्षर हुँदा दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी साक्षी बसेका छन्। दुईपक्षीय भेटमा चिनियाँ राष्ट्रपतिले समकक्षी भण्डारीलाई बीआरआई सम्मेलनमा व्यक्त सम्वोधनका लागि धन्यवाद ज्ञापन गरे । साथै राष्ट्रपति सीले नेपाल-चीन हिमाल र नदीले जोडिएको बताए । साथै उनले नेपालको विकास प्रक्रियामा सहयोग गर्न चीन तयार रहेको बताए ।

पारवहन प्रोटोकोलमा हस्ताक्षर

यो भ्रमणका क्रममा चीन र नेपालवीच विभिन्न ७ वटा समझदारीपत्रहरुमा हस्ताक्षर भएको छ । पारवहन प्रोटोकोल लगायत हस्ताक्षर भएका सहमति यस्ता छन्-

१. पारवहन यातायातसम्वन्धि सम्झौता कार्यान्वयनको प्रोटोकल

२. चीनको सहायतामा निर्माणाधिन परियोजनाहरुको सम्भार तथा सुदृढीकरणका लागि अनुदान-सहायता हस्तान्तरण प्रमाणपत्र ।

३. आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता ।

४. नेपालको उत्तरी क्षेत्रमा जिविकोपार्जनका क्षेत्रमा सहायता अभिवृद्धिसम्वन्धी दस्तावेज ।

५. भन्सार मामलामा सहकार्य र पारस्परिक प्रशासनिक सहायतासम्वन्धी सम्झौता ।

६. नेपालको गुणस्तर तथा मापदण्ड विभाग र चीनको गुणस्तर प्रशासन सहकार्यसम्वन्धी समझदारीपत्र ।

७. नेपालबाट चीनमा सांस्कृतिक सम्पदाको अवैध ओसार-पसार एवं चोरी-निकासी रोक्ने सम्झौता ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here