जति दु:ख पीडा भए पनि म डगमगाउँदिन : क्याप्टेन विजय लामा

लामालाई निलम्बन गरेको समाचार आएसँग सामाजिक संजाल खुबै तात्यो । कतिले त विजय लामाको ३८ वर्षको इमान्दारीताको पुरस्कार दिइएको भन्दै व्यंग गर्न पनि भ्याए । कसैले ‘आइएम विथ विजय लामा’ भनेर लेखे भने कसैले वायुसेवा निगमभित्रको भ्रष्टाचारलाई बाहिर ल्याउन हिम्मत गरेका विजय लामालाई सबैको साथ रहने भनेर ऐक्यबद्धता समेत जनाए ।

क्याप्टेन विजय लामाले जति दुःख पीडा आए पनि आफू नडगमगाउने बताएका छन। नेपाल वायु सेवा निगमको प्रवक्तबाट हटाइएपछि सोमबार राति आफ्नो फेसबुक स्टाटसमा उहाँले आफू सही सोचका साथ अघि बढ्ने उल्लेख गरेका छन।

आफूले आफ्नो बाबुबाट आत्मबल, सत्यमार्ग, सही सोच अनि निडरपन सिकेको भन्दै उहाँले देशको माया र काम गर्ने संस्थाप्रति सधैं कदर गर्ने उल्लेख गरेका छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसार निगमले पाइलट लामालाई प्रवक्ताबाट हटाएको हो । प्राधिकरणले विवादास्पद अन्तरवार्ता दिएको र यात्रुमाथि खेलबाड गरेको भन्दै लामालाई शुक्रबार नै निलम्बन गरिएको थियो । प्राधिकरणले लामालाई प्रवक्ताबाट हटाउन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सुरक्षा निर्देशिका राम्रोसँग अध्ययन गराउन निगमलाई पत्राचार गरेको थियो । लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएपछि निलम्बन फुकुवा गरिएको छ ।

लामालाई निलम्बन गरेको समाचार आएसँग सामाजिक संजाल खुबै तात्यो । कतिले त विजय लामाको ३८ वर्षको इमान्दारीताको पुरस्कार दिइएको भन्दै व्यंग गर्न पनि भ्याए । कसैले ‘आइएम विथ विजय लामा’ भनेर लेखे भने कसैले वायुसेवा निगमभित्रको भ्रष्टाचारलाई बाहिर ल्याउन हिम्मत गरेका विजय लामालाई सबैको साथ रहने भनेर ऐक्यबद्धता समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here