एनआरएनए अमेरिकाको निर्वाचनमा २ सय १२ उम्मेदवार, यी हुन अध्यक्षका उम्मेदवार

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको नामावली प्रकाशित भइसकेको छ । अध्यक्षमा ३ जना, वरिष्ठ उपाध्यक्षमा ४ जना र महासचिवमा ३ जनाले उम्मेदवारी दिएका छन् । १२ जना बोर्ड अफ डाईरेक्टरको लागि ४० जनाको उम्मेदवारी परेको छ । आईसीसी सदस्यमा भने १० जनाको उम्मेदवारी परेको छ । आईसीसी सदस्यमा ७ जना निर्वाचित हुन्छन् । मे ७ मा मात्र उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने निर्वाचन समितिले जनाएको छ ।

सुर्य लम्साल

सूर्य लम्साल: फरक शैलीमा उम्मेदवारीको औपचारिक घोषणा गर्दै एनआरएनए अमेरिकाको अध्यक्षमा सूर्य लम्सालले चुनावी अभियान सुरु गरेका छन् । न्युयोर्क निवासी लम्सालले न्युयोर्क र आसपासका नेपालीहरुमाझ ज्याक्सनहाइटको सत्यनारायण मन्दिरमा आयोजित कार्यक्रममा उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् । चितवनको सुर्य नगरमा जन्मेका सूर्य लम्साल न्युर्योकमा सिभिल इन्जिनियर हुन । उनले काठमाडौको अमृत साइन्स क्याम्पसबाट विएस्सी र पुल्चोक क्याम्पसमा ४ बर्षको छात्राबृतिमा इन्जिनियरिङ पुरा गरेका थिए । उनी सन १९९६ मा अमेरिका पढनका लागी आएका थिए । त्यसपछि न्युयोर्कको सिटि कलेजबाट मास्र्टड गरि सिभिल इन्जिनियरको रुपमा कार्य गरिरहेका छन । एनआरएन अमेरिकाको पुर्व बोर्ड अफ डाइरेक्टर उनी सस्थागत रुपमा चितवन समाजका पुर्व अध्यक्ष हुन ।

सञ्जय थापा

सञ्जय थापा: न्युयोर्कको उडसाइडमा एक कार्यक्रम गरी सञ्जय थापाले एनआरएनए अमेरिकामा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिका बोर्ड सदस्य थापाले आफू अध्यक्षमा निर्वाचित भएमा गर्ने कामको लामै सुची समेत सार्वजनिक गरेका थिए। प्रवासी नेपाली मञ्च अमेरिकाका संस्थापक अध्यक्ष समेत थापालाइ नेकपा निकट पछधारहरुले साथ दिने विश्वास गरिएको छ। काठमाडौंमा जन्मिएका थापाले अमृत साईन्स क्याम्पस भर्ना भएपछि राजनैतिक यात्रा सुरु गरेका थिए। पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ गरेपछि उनले भारतको मद्रास कलेज अफ इन्जिनियरिंग एण्ड टेक्नोलोजीमा पढन पुगेका थिए । उनि २००७ देखि अमेरिका बस्दै आएका छन्।

सुनिल साह

सुनिल साह: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा बरिष्ठ उपाध्यक्ष सुनिल साहले अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गरेका छन्। जनकपुर स्थायी घर भई हाल अमेरिकामा बसोवास गर्दै आएका साह मधेशी एसोसिएन इन अमेरिका (मा) को अध्यक्ष समेत थिए। उनि पेशाले आईटि ईन्जिनियर हुन्। सन २००४ मा अमेरीका अमेरिका आएका उनि फ्लोलोरिडाबाट माष्टर डिग्री सकेर सन सन २००५ देखि सुचना प्रविधि क्षेत्रमा सक्रिय छन् । साहले एक बर्ष देखिनै भेटघाट, विभिन्न च्याप्टरका कार्यक्रममा सहभागिता हुदै चुनावमा लागेको बताइन्छ।

सञ्जय थापा र सूर्य लम्साल न्युयोर्कका हुन् भने सुनील साह टेक्सासका। एनआरएन अमेरिकाले वकील र डाक्टरको नेतृत्व पायो, अब इन्जिनियरको नेतृत्व पाउँने भएको छ। साह आईटी इन्जिनियर हुन् भने थापा र लम्साल सिभिल इन्जिनियर।

एनआरएन अमेरिकाको आगामी नेतृतवका लागि को १८ तारिख बिहान ८ बजेदेखि रातको ११ बजेर ५९ मिनेटसम्म अनलाइन मतदान हुनेछ। मे २१ मा निर्वाचनको नतिजा घोषणा गरी जुलाईको ६ तारिख निर्वाचितलाई प्रमाणपत्र वितरण र सपथ ग्रहण गरिने छ।

उम्मेदवारको सुची : https://nrnaelection.nrnusa.org/member/election/ShortlistedCandidates

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here