नेपाली सामाजिक र सांस्कृतिक सँस्था ‘नेसास’ अष्ट्रियामा रमेश खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

अष्ट्रिया भियना- सन् २००४ मा स्थापना भई विदेशी भूमीमा नेपाली कला संस्कृति संरक्षणमा लागिरहेको नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २८ अप्रिल २०१९, आइताबारको दिन नेपाली साझा सम्पर्क कार्यलय भियनामा सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा १७ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ l २०१९-२०२१ को लागि चयन भएको नयाँ समितिको अध्यक्षमा रमेश खड्का, उपाध्यक्ष- मन्जु खड्का, महिला उपाध्यक्ष्रु- रुकमिणी पौडेल, महासचिव- कुमार बोहोरा, सचिव- सन्तोषी भण्डारी (स्यान्डी), सचिब- प्रतिमा पण्डित , कोषाध्यक्ष- नेत्र खड्का, सह-कोषाध्यक्ष- रोसन घिसिंग र सदस्यहरुमा सुर्य लामा, राम शर्मा, कृष्ण थापा, राम श्रेष्ठ, रेम्कला खरेल, राजन श्रेष्ठ, मोहन चौदारी , रेनुका दवाडी र कुमार अधिकारी रहनुभएको छ l नेपाली समाजिक र साँस्कृतिक संस्था नेसास अष्ट्रियाले नेपाली कला संस्कृति संरक्षण र प्रवर्धन गर्ने कार्य गर्दै आएको छ । निबर्तमान अध्यक्ष् श्री दभिन लामा गुरुङले नयाँ कार्यसमितिलाइ सपथग्रहण पश्चात वर्तमान अध्यक्ष् रमेश खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निबर्तमान अध्यक्ष श्री दभिन लामा गुरुङले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो l नयाँ समितिले निबर्तमान समितिको कार्य प्रति उच्च् कदर गर्दै सम्मान गरेको थियो l लामो समय देखी संस्था भित्र बसेर आर्थिक कारोवारको जिम्मेवारी, निबर्तमानमा महासचिवको जिम्मेवारी सम्हाल्दै अनुभब बटुल्दै आएको र आफ्नो जिम्मेबारी पुर्णरुपमा बहन गर्न सक्ने सम्पूर्ण पदाधिकारीहरु नयाँ कार्यसमितिमा चयन गर्नुभएकोले संस्थालाई बेजोड्का साथ् प्रगतितिर लम्काउन सक्ने, आश्वासन दिदै अध्यक्ष् तथा सभापति रमेश खड्काले कार्यक्रमको समापन गर्नुभएको थियो l अष्ट्रियाका विभिन्न संघ संस्थाका पदाधिकारीहरु तथा सम्पूर्ण अष्ट्रियाबासी जनसमुदायको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको अन्त्यतिर चियापानको राम्रो व्यवस्था गरिएको थियो l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here