खुलामञ्चमा बनाइएका सटर डोजर लगाएर भत्काउन सुरु

विवेक अधिकारि काठमाडौं ।काठमाडौं महानगरपालिकाले शनिबार खुलामञ्चमा बनाइएका सटर डोजर लगाएर भत्काउन सुरु गरेको छ। काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले शनिबार दिउसो देखिनै सटर भत्काउन सुरु गरेको छ ।

खुला मञ्चमा ५२ वटा सटर निर्माण गरिएका थिए । महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो । महानगरको डोजर चल्नु अघिसम्म त्यहाँ भीडभाडको अवस्था छ ।

पुरानो बसपार्कमा २९ तलले भ्यु टावर निर्माण गर्न बसपार्क खुलामञ्चमा सारिएको थियो। तर निर्माणको जिम्मा पाएको ठेकदारले नगरपालिकाका कर्मचारीको मिलेमतोमा किर्ते कागज बनाएर खुल्लामंचमा सटर निर्माण गरि प्रति सटर लाखौँ भाडा लिरहेको छ।

महानगरले दुईवटा शौचालय, दुईवटा प्रतीक्षालय, एक क्यान्टिन, एक मेडिकल पसल, एक टिकट काउन्टर, एक ट्राफिकको बोर्ड राख्ने स्थान र एक म्यानेजमेन्ट बस्ने कोठा निर्माणको मात्रै सम्झौता भएको थियो तर निर्माण कम्पनी सटर बनाएर भाडा लगाउन थालेको हो।

मेयर–उपमेयर आरोप–प्रत्यारोप

जग्गा अतिक्रमणका सम्बन्धमा मेयर विद्यासुन्दर शाक्य र उपमेयर खड्गीबीच विवाद छ। एकअर्कालाई आरोप–प्रत्यारोप गरेर अतिक्रमणका सम्बन्धमा उनीहरु आफू जोगिने प्रयत्नमा छन्। मेयर र उपमेयर नेकपा र कांग्रेस दुइ पार्टीबाट जितेर आएका हुनाले पनि पहिले देखिनै विवाद भैरहन्थ्यो। रानापोखरी पुनर्निर्माणका विषयमा पनि मेयर शाक्य र उपमेयर खड्गीबीच विवाद हुँदा अहिलेसम्म अलपत्र छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here