प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोंमा

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोंमा जाँदै छन् । एनसिबी नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा संचालन हुने इन्टरपोलको १५ औं हेड्स अफ एनसिबी सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रहरी महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाई गरे।

इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष सम्मेलन हुने गर्दछ । यस वर्षको सम्मेलनमा इन्टरपोलका सबै १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम छ । सम्मेलनमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षासम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here