अन्तरास्ट्रीय नेपाली कलाकार समाज इनासले ३१ मार्चमा यूरोप स्तरिय नृत्य तथा गायन प्रतियोगिता बेल्जियममा भव्यताका साथ सम्पन्न गर्नुका साथै अघिल्लो दिन शनिवार ३० मार्चका दिन संस्थाको युरोपियन समितिको बैठक, प्रगती प्रतिवेदन प्रस्तुती, छलफल र साँस्कृतिक कार्यक्रम गरेको थियो । इनास युरोपका संयोजक अर्जुन काफ्लेको अध्यक्षतामा बेल्जियमको आन्तरर्पेनमा इनासका केन्द्रिय अध्यक्ष पुष्प बरुवाल, उपाध्यक्ष कमला दाहाल, महासचिव मनिष कुमार श्रेष्ठ, केन्द्रिय सदस्य राजमान तामांग लगायत केन्द्रिय पदाधिकारीहरु र युरोपका ११ देश बाट सहभागी हुन आउनु भएका अध्यक्ष, प्रतिनिधि तथा संस्थाका पदाधिकारीहरु सम्मिलित बैठकले निम्न लिखित निर्णयहरु गरेको छ :
- सम्पूर्ण युरोप क्षेत्रका इनास राष्ट्रिय समितिहरुले भाषा, साहित्य लगाएतका नयाँ विधाहरुमा सशक्तिकरण गर्ने
- इनासमा बिजयी कलाकारहरुलाइ प्रोत्सहान गर्दै विभिन्न देशहरुका कार्यक्रमहरुमा सहभागीता गराउने
- आगामी ८ औं इनास युरोप स्तरीय नृत्य तथा ५ औं गायन प्रतियोगिता जर्मनीमा गर्ने प्रस्ताव गरिएको छ
- सम्भव भए सम्म आफ्नो संस्थासंग सम्बन्धित व्यक्तित्वहरुले निर्माण गरेको चलचित्रहरुलाइ प्रदर्शन गर्ने