प्रदिप चुडालको विदेशीको पीडा भल्किने गीतको भिडियो सार्वजनिक, शब्द राजु बस्नेत [भिडियो सहित]

बाध्यताले घरपरिवार त्यागेर विदेशीनु पर्दाको पीडा समेटेर तयार पारिएको परदेशी गीतको म्यूजिक भिडियो गायक प्रदिप चुडालले सार्वजनिक गरेका छन् ।

नेपालीपन झल्किने लोक आधुनिक फ्लेवरको म्यूजिक भिडियो गायक चुडालले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । परदेशी बोलको यो गीतमार्फत गायक चुडाल पुन सांगितिक क्षेत्रमा कम्व्याक गरेका हुन । गीतमा बिदेशमा कामको क्रममा रहँदाको व्यस्ततालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कतिखेर झुल्किन्छ घाम कतिखेर झुल्किन्छ जुन ड्यूटीका कारण पत्तो नहुने विषयवस्तुलाई समेटेर गीत तयार पारिएको छ ।

भिडियोमा गायक चुडालकी आफ्नै जीवन संगीनी एञ्जिला सिटौला चुडालले उत्कृष्ट अभिनय गर्दै म्यूजिक भिडियोमा डेव्यू गरेकी छन् । गायक चुडाल आफुले पनि अभिनय गरेको भिडियोमा श्रीमान श्रीमतिको मार्मिक रोमान्स देख्न सकिन्छ । फ्रान्सवासी राजु बस्नेतले विदेशीनु पर्दाको पीडा शव्दद्धारा मार्मिक ढंगले प्रस्तुत गरेको गीतमा संगीत नविन कार्कीले गरेका छन् । सुमन केसीले एरेञ्ज गरेको गीतको विकास दाहालले सम्पादनको काम गरेका छन् । युवराज वाइबाले निर्देशन गरेको म्यूजिक भिडियो उत्सव दाहालले खिचेका हुन् ।

भिडियो :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here