इनास युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता भव्य रुपमा सम्पन्न [नतिजा सहित]

अन्तरास्ट्रीय नेपाली कलाकार समाज ईनासले मार्च ३० र ३१ मा यूरोप स्तरिय नृत्य तथा गायन प्रतियोगिता बेल्जियममा भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा पहिलो दिन शनिवार मार्च ३० मा संस्थाको युरोपियन समितिको बैठक, प्रगती प्रतिवेदन प्रस्तुती र छलफल र साँस्कृतिक कार्यक्रम भएको थियो भने दोस्रो दिन ३१ तारिख सातौ नृत्य तथा गायन प्रतियोगिता भएको थियो।

कार्यक्रमको प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापा हुनुहुन्थ्यो। विशिस्ट अतिथीहरुमा एनआरएन केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएन केन्द्रिय सचिब जानकी गुरुङ, एनआरएनए युरोप संयोजक शिव बरुवाल, आईसीसी सद्स्य पदम गुरुङ, एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहाल,एनआरएन नेदरल्यान्डका अध्यक्ष मनोहरी शर्मा, एनआरएन जर्मनी अध्यक्ष बिजय मोक्तान लगायत बिभिन्न नेपाली एबम बेल्जियन संघ संस्थाका प्रतिनिधिहरु हुनु हुन्थ्यो । इनास ग्लोबल अध्यक्ष पुष्प बरुवाल, युरोप सन्योजक अर्जुन काफ्ले र आयोजक देश बेल्जियमका सपूर्ण कार्यसमितीका पदाधिकारीहरूको उत्कृष्ट ब्यब्स्थापनमा भएको कार्यक्रमको सन्चालन ज्योती भट्ट, सोफिया महर्जन कार्की, देवश्री कोइरालाले गर्नु भएको थियो । कार्यक्रममा सहयोग र पुरुस्कार प्रायोजन गर्ने बिभिन्न महानुभाब र संघ संस्थालाई सम्मान गरिएको थियो। इनास युरोपको सकृय युवा पुरुस्कार बेलायत निवासी बिनोद चिपालुलाई प्रदान गरिएको छ ।

हरेक बर्ष आयोजना गरिने यूरोप स्तरिय प्रतियोगितामा यस बर्ष एघार देशहरुबाट प्रतियोगीहरुको सहभागिता रहेको थियो। नृत्यमा पन्ध्र जना र गायनमा एघार प्रतियोगिले भाग लिएका थिए । दुवै तर्फका प्रतितियोगीहरु एक लोक गित र एक आधुनिक गितमा आफ्नो प्रस्तुति दिनु पर्ने थियो। राति अबेरसम्म जारि कार्यक्रमलाइ युरोप भरि बस्ने कला प्रेमी नेपालीहरुले महत्वका साथ हेरेका थिए। खचाखच भरिएको हलका दर्शकहरुले आ-आफ्नो देशका कलाकारहरुको हौसला बढाउन अन्त्य सम्म तालीले समर्थन गरिरहेका थिए। यस पटकको प्रतियोगितामा गायन तर्फ डेनमार्कका रबिन दाहाल प्रथम भएका छन् भने नृत्य तर्फ बेल्जियमका दुइ जना मिङ्ग्मा शेर्पा र रास्किन दाहाल प्रथम भएका छन। 

 

गायक तर्फ

Winner : Rabin Dahal from Denmark 🇩🇰

1st Runner Up : Santosh Lamichhane from Denmark 🇩🇰

2nd Runner Up : Ashrit Adhikari from Belgium 🇧🇪


नृत्य तर्फ


Winner : Mingma Sherpa from Belgium 🇧🇪 ( FB भिडियो)

Winner : Raskin Dahal from Belgium  🇧🇪 (FB भिडियो)

1st Runner Up : Dewaki Magar from Germany 🇩🇪 (FB भिडियो)

2nd Runner Up :  Angila Roka from Netherlands 🇳🇱 (FB भिडियो)

 

Inas Europe इनास Inas Europe इनास Inas Europe इनास Inas Europe इनास Inas Europe इनास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here