गैर आवासीय नेपाली संघ (एनआरएनए ) इटालीले हावाहुरी प्रभावीतको लागि एकसठी हजार पाँचसय रुपैयाँ राहतस्वस्प सहयोग घोषणा गरेको छ । एनआरएन इटालीका महासचिव छबिलाल कंडेलले आपतकालीन रुपमा सो रकम पठाउदै इटालीबासि नेपालीहरुलाइ सहयोग को लागि हार्दिक आव्हान गर्ने बताउनु भयो ।
एन आर एन इटालीको सूचना :
हार्दिक आव्हान
यहि मिति १७ चैत्र २०७५ (तदनुरुप ३१ मार्च २०१९ ) का दिन नेपालको बारा र पर्सा लगायत जिल्लामा भारि बर्षा संगै आएको हावाहुरीले कैयॊको मृत्यु ,सयॊ घाइते , हजारौ घरबार बिहिन तथा अकल्पनीय सार्बजनिक नोक्सानी भएको खबरले एस एनआरएन इटाली लगायत सम्पूर्ण इटाली बासि नेपालीहरुलाई मर्माहत बनाएको छ । एस दुखद घडीमा अकालमानै प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउन पुगेका सबैमा हार्दिक श्रदान्जाली अर्पण गर्दै सम्पूर्ण घाइतेहरुमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।प्राकृतिक विपतिको एस घडीमा एनआरएनए इटालीले तत्काल आपतकालीन राहत स्वरुप एकसठी हजार पाँचसय नेपाली रुपैया (५०० यूरो ) सहयोगको घोषणा गर्दै यथासिघ्र सम्बन्धित निकायमार्फत हस्तान्तरण गर्ने जानकारी गराउदछौ ! साथै बिपतीको यो अवस्थामा इटाली स्थित सम्पूर्ण स्थानीय नेपाली समाज , समुदाय र संघसंस्थाहरुलाई एनआरएनए इटालीसंग हातेमालो गर्दै सहयोग संकलनको लागि एकजूट भै लाग्नुहुन हार्दिक आव्हान गर्दछौ ।
धन्यबाद
एनआरएनए इटाली परिवार