इनास युरोपको सातौँ नृत्य तथा गायन प्रतियोगिताको तयारी पुरा [प्रतियोगीहरुको नामावली सहित]

अन्तरास्ट्रीय नेपाली कलाकार समाज इनासले मार्च ३० र ३१ मा बेल्जियममा गर्ने यूरोप महादेशस्तरीय नृत्य तथा गायन प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । प्रत्यक बर्ष आयोजना गरिने यस प्रतियोगितामा यस वर्ष इनास स्थापना भएका युरोपका देशहरु  बेलायत, फ्रान्स, जर्मनी, स्वीटजरल्यान्ड स्पेन, पोर्तुगल, डेनमार्क, फीनल्यान्ड, चेक रिपब्लिक, नेदरल्यान्डस र बेल्जियम गरी एघार देशबाट प्रतियोगीहरुको सहभागिता रहनेछ। छनोट भएका सहभागिहरुबाट सहभागिताका लागि आबेदन प्राप्त भएर अन्तिम छनोट पुरा भैसकेको जानकारी प्राप्त भएको छ।

युरोपका गैर आवासीय नेपालीहरुहरु, विशेष गरी युवाहरु माझ नयाँ प्रतिभाहरुलाई खोज्दै नेपाली कला संस्कृतिलाइ संरक्षण गर्ने उद्देस्यले प्रत्यक बर्ष युरोपका बिभिन्न देशमा आयोजना हुँदै आएको प्रतियोगिताको सातौ शृङ्खला बेल्जियममा हुन लागेको हो ।

दुइ दिन सम्म हुने कार्यक्रममा पहिलो दिन शनिवार मार्च ३० मा संस्थाको युरोपियन समितिको बैठक, प्रगती प्रतिवेदन प्रस्तुती, छलफल र साँस्कृतिक कार्यक्रम हुनेछ भने ३१ तारिख नृत्य तथा गायन प्रतियोगिता हुनेछ, सोही दिन नेपाली कलाक्षेत्रलाई सहयोग र सद्भभाव जनाउने ब्यक्तिहरुलाई सम्मान गरिनेछ । युरोपका बिभिन्न देशहरुबाट गैर आवासिय नेपाली संघका पदाधिकारीहरु र सामाजिक अगुवाहरुको उपस्थिती रहने छ। 

कार्यक्रमकालागि आबस्यक ब्यबस्थापकीय तयारी पुरा भएर कलाकारहरु र अन्य पाहुनाहरुको स्वागतका लागि ततपर रहेको इनास बेल्जियमले जानकारी दिएको छ।

कार्यक्रम हुने स्थान : Cultuurcentrum De Kern, Kern 18, 2610 Wilrijk, Belgique

सहाभागीहरुको नामावली

Belgium 🇧🇪

गायन तर्फ

  • Ashrit Adhikari
  • Shreeva Rana

नृत्य तर्फ

  • Raskin Dahal
  • Nisha Chitrakar
  • Mingama Sherpa

Denmark 🇩🇰

गायन तर्फ

  • Santosh Lamichhane
  • Rabin dahal

नृत्य तर्फ

  • Upama Shrestha

France 🇫🇷

गायन तर्फ

  • Bijay Sherpa
  • Barsha Dahal

नृत्य तर्फ

  • Pooja Adhikari
  • Asmita Sapkota

Germany 🇩🇪

गायन तर्फ

  • Prashant raj Aryal
  • Asmita Khanal

नृत्य तर्फ

  • Sama Parajuli
  • Dewaki Magar

Netherlands 🇳🇱

गायन तर्फ

  • Janak kunwar

नृत्य तर्फ

  • Angila Roka
  • Angel Parajuli

Switzerland 🇨🇭

गायन तर्फ

  • Darwin lungeli

Portugal 🇵🇹

गायन तर्फ

  • Lalita poudel

Finland 🇫🇮

नृत्य तर्फ

  • Sarika Adhikari

United kingdom 🇬🇧

नृत्य तर्फ

  • SAURAVI DAHAL
  • SUBHEKSHA MAGAR BHARATI

Czech republic 🇨🇿

नृत्य तर्फ

  • Smiriti Rayamajhi

Spain 🇪🇸

नृत्य तर्फ

  • Sonu cheetri khadka

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here