एनआरएन युरोप क्षेत्रीय बैठक अगष्टको ३ र ४ मा इटालीको रोममा हुने

गैरआवासीय नेपाली संघको १२ औं युरोप क्षेत्रिय  बैठक तथा १० औं  एनआरएनए महिला सम्मेलन इटालीको रोममा हुने भएको छ।

अगस्त ३ र ४ गते हुने उक्त क्षेत्रिय बैठक इटालीको रोमस्थित अरजाइफ प्यालेस होटलमा हुने एनअराएनए ईटालीका महासचिव छवि कंडेलले पेरिस नेपाल डट कम लाइ जानकारी दिनुभएको छ।

कंडेलका अनुसार युरोप सम्मेलनको तयारी सम्बन्धि निर्णय गर्न र सम्मेलन तयारी समिति समेत गठन गर्न एनआरएनए केन्द्रीय पदाधिकारी, युरोपस्थित संघका पदाधिकारी, युरोपभरका एनसीसी अध्यक्ष तथा महासचिव सहितको बैठक मार्चको अन्तिम साता बस्ने भएको छ।

युरोपस्थित २८ भन्दा बढी राष्ट्रिय समितिका पदाधिकारीले भाग लिएको सो बैठकमा एनआरएन संस्थापक अध्यक्ष पूर्व अध्यक्ष एनआरएन निवर्तमान अध्यक्ष, संस्थापकहरु, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि लगायतको उपस्थिती रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here