जिनेदिन जिदान पुन: रियल म्याड्रिडको प्रशिक्षक

जिनेदिन जिदान स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकको जिम्मेवारी मा पुन: फर्किएका छन्। उनलेले ‘घर फर्किदा खुशी लागेको’ प्रतिक्रिया दिएका छन्। उनले क्लब छाडेको १० महिनापछि पुन: प्रशिक्षकको जिम्मेवारी पाएका  हुन्। जिम्मेवारी पाए लगत्तै उनले नेइमार र एम्बापेलाइ क्लबमा ल्याउन भूमिका खेल्ने बताएका थिए।

५ महिना क्लबलाई प्रशिक्षण दिएका स्यान्टियागो सोलारीलाई क्लबले हटाएपछि जिदानले सो जिम्मेवारी पाएका हुन्।

रियलका पूर्व मिडफिल्डरसमेत रहेका जिदानेले गत सिजनमा रियललाई च्यापियन्स लिगको उपाधि तेश्रोपटक जिताएका थिए। उनको प्रशिक्षणमा रियलले लगातार ३ पटक च्यापियन्स लिग जितेको थियो। हाल स्पेनको घरेलु लिग ला लिगामा रियल शिर्षस्थानमा रहेको बार्सिलोना भन्दा १२ अंकले पछाडि रहेको छ।

जिदानेको फिर्तीपछि क्लब अध्यक्ष फ्लोरेन्टिनको पेरेजले संसारकै उत्कृष्ट प्रशिक्षकले क्लब सम्हालेको बताएका छन्। रियल यस वर्षको च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्न असफल रहेपछि सोलारीको पद धरापमा परेको थियो।

अजाक्ससँग ४-१ ले घरेलु मैदानमा स्तब्ध भएको रिलयलले समग्रमा ५-३ ले पराजित भएर बाहिरिन बाध्य भएको थियो।

Tweet :

Florentino Pérez, euphorique après le retour de ZZ: “Avec Mbappé, Zizou pourrait faire quelque chose..”
Journaliste: “Neymar ou Mbappé?”
Florentino: “Les deux!”

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here