सञ्चारमन्त्रि गोकुल बास्कोटाको फ्रान्स भ्रमण : नेपाल र फ्रान्सबीच सेटेलाइट सम्झौता

Thales Alenia Space र नेपालको NTA (नेपाल दूरसंचार प्राधिकरण) बीच हालसालै कृत्रिम उपग्रह (artificiel satellite) सम्बन्धि एक सम्झौता भएको छ।स्पेनको बार्सिलोनामा भएको मोबाइल कङ्ग्रेसमा गएको बेला सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले फ्रान्सको औपचारिक भ्रमण गरी यहि ५ मार्चमा फ्रान्सका विदेश सचिव जँ-बप्टिस्ट लम्योन संगको भेटमा दुवै देशले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए सोहि सम्झौता अनुरुप Thales र प्राधिकरण बीच ११ मार्चका दिन अर्को सम्झौता भएको हो। सम्झौता संगै नेपालले सेटेलाइट प्रणाली ल्याउने चरणमा पहिलो कदम चालेको छ।

सेटेलाइटका साथ साथै सेक्युरिटी प्रेस स्थापनाका लागि नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको इन्ग्रोपबीच समझदारीपत्रमा पनि हस्ताक्षर भएको थियो । हाल भएको दुवै समझदारीपत्रमा कम्तिमा तीन महिना भित्र परियोजना सम्झौता करार गरी काम सुरु गर्ने उल्लेख गरिएको छ । सेक्युरिटी प्रेसको काम ३ बर्ष भित्र र स्याटलाईट सम्बन्धी काम साढे २ बर्षभित्र कार्यान्वयनमा ल्याईनेछ ।

Alenia Space ले नेपालमा २०२२ सम्ममा सेटेलाइट ल्याउने Thales Group ले ११ मार्चमा जारि गरेको बिज्ञप्तिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय दूरसंचार संघ (ITU) मा नेपालले आफ्नो सेटेलाइट स्थापना गर्न आरक्षित 123.3 डिग्री ई.पू. कक्षीय स्थानमा सेटेलाइट पठाएर त्यसलाई Thales ले आफ्नो सिस्टम SpaceBus को मातहतमा राख्ने छ। यो सेटेलाइटको मुख्य उद्देस्य नेपालमा तीव्र गति को इन्टरनेट सेवा दिनु, टेलिमेडिसीन, सूचना प्रविधि र संचार जस्ता सेवाहरूको विकासलाई मद्दत गर्ने हुनेछ।

Thales का मार्केटिंग उपाध्यक्ष एरिक इमिबर्टले भने : “नेपाल दूरसंचार प्राधिकरणले आफ्नो राष्ट्रिय उपग्रह निर्माण गर्न Thales Alenia Space रोजिएकोमा हामि गौरवान्वित छौं। हामी जान्दछौं कि परियोजना डिजिटल र आर्थिक विकासको एक शक्तिशाली चालक को पुलमा एक प्रमुख तत्व हुनेछ। हामी पनि नेपालसँग यस दीर्घकालिक सहयोगमा रहनेछौं र सबै नागरिकहरूलाई सेवा प्रदान गर्न यसको उपग्रह निर्माण गर्दै देशको विकासलाई समर्थन गर्दछौं।”

सूचना तथा संचार मन्त्रिको भनाइ : “अन्य देशहरूसँग प्रतिस्पर्धा गर्न हाम्रो सबै नागरिकहरूलाई तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्न डिजिटल प्रणाली विकास छिटो छिटो गर्न चाहन्छौं । हाम्रो राष्ट्रिय उपग्रहले हामीलाई हाम्रो भविष्य सुधार गर्न मद्दत गर्नेछ। एलेनिया स्पेसमा एक प्रभावशाली विशेषज्ञता हामीले पाएका छौं र यो साझेदारीको एक मजबूत भावना जसले हाम्रो स्वायत्तताको महत्वाकांक्षा, हाम्रो पहिचान अन्तरिक्ष टेक्नोलोजीहरू र डिजिटल नेपालको समृद्धिको लागी हाम्रो अभिविन्याससँग मेल खान्छ।”

Thales Alenia Space ले  जारि गरेको बिज्ञप्तिको पूर्ण पाठ :

Thales Alenia Space soutient le Népal dans son entrée officielle dans la communauté spatiale

Cannes, 11 mars 2019 – L’Autorité des Télécommunications du Népal (NTA) et Thales Alenia Space, société commune entre Thales (67%) et Leonardo (33%), ont signé aujourd’hui un accord selon lequel Thales Alenia Space construira le système du Satellite National de télécommunications pour le Népal. Cet accord fait suite à la Lettre d’Intention (LOI) précédemment signée le 5 mars à Paris par le ministre népalais des Communications et Technologies des Informations, Mr Gokul Prasad Baskota et le Secrétaire d’État français auprès du ministre de l’Europe et des Affaires étrangères, Mr Jean-Baptiste Lemoyne.
Ce satellite très performant en bandes C et Ku, devant encore être nommé par le Népal, sera lancé d’ici 2022 et positionné sur la position orbitale de 123.3°E, réservée pour le Népal par l’ITU. Il s’appuira sur la solution nationale de système satellitaire SpaceBus développée par Thales Alenia Space.
Sa principale mission est de rendre accessible l’Internet haut-débit dans tout le pays, permettant le développement de services tels que la télémedecine, l’éducation et l’administration en ligne, la gestion des catastrophes, la technologie des informations, l’agriculture, le tourisme, l’énergie hydraulique et d’autres services à valeur ajoutée en complément de la diffusion de télévision directe et du raccordement des téléphones mobiles. Les services de télécommunications omniprésents et versatiles fournis par le satellite viseront principalement à réduire la fracture numérique, en particulier dans les zones rurales peu desservies.

श्रोत : https://www.thalesgroup.com/fr/monde/espace/press-release/le-projet-satellite-telecommunications-le-nepal-ete-lance

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here