बेलायतबाट नेपालमा सिधा हवाई सेवाको लागि पहल गर्छु : राजदूत सुवेदी

1

 

1475931890durgaलन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी शुक्रबार साँझ नेपाली सञ्चारकर्मीहरुसँग भएको भेटमा बेलायतबाट नेपालमा सिधा हवाई सेवा सञ्चालनको लागि पहल गर्ने बताएका छन् ।

सञ्चारमैत्री मानिएका बेलायतका लागि नयाँ नेपाली राजदूत सुवेदीले लन्डन दूतावासमा कार्यभार सम्हालेको आठौं दिन सञ्चारकर्मीहरुमाझ उनले आफ्नो चार वर्षे कार्ययोजना पनि सार्वजनिक गरे । उनले दूतावासमा ढिलासुस्ती, भ्रष्टाचार, भेदभाव र अशिष्ट व्यवहार कदापी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

दूतावासको सेवा छिटो, सहज र सुलभ बनाउन प्रयत्नरत भएको बताउँदै उनले सकेसम्म जनमैत्री, प्रविधिमैत्री र नेपाली मैत्री बनाइने पनि जनाए । बेलायतस्थित नेपाली समुदायबाट रचनात्मक र सकारात्मक सुझाव पनि उनको अपेक्षा छ । उनले नेपाल र नेपालीको छवि, प्रतिष्ठा उच्च राख्ने कुरामा किन्चित पछि नपर्ने बताए ।

 

दूतावासमा केही सुधारका काम भइसकेको जनाउँदै उनले टेलिफोन, इमेलको तत्काल जवाफ दिने र भिषा, राहदानी वितरण एवं कन्सुलर सेवाको समय थप गरिसकिएको जानकारी दिए ।

सुवेदीले बेलायत नेपाल कुटनीतिक सम्वन्धको २०० वर्ष गाँठ मनाइरहँदा ०१७ को मार्चसम्म पर्यटन सम्वन्धि कार्यक्रम, फोटो प्रदर्शनी, व्यापार मेला आदि गरि अन्तिममा ग्य्राण्ड रिसेप्सनमार्फत दौत्य सम्वन्धको उत्सब बिट मार्ने सरसल्लाह भइरहेको बताए ।

बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणले भूकम्पपछि अन्तर्राष्ट्रिय स्तरमा खस्किएको नेपालको छवीमा सुधार आएको पनि उनले बताए । ह्यारीको नेपाल भ्रमण र नेपाली क्रिकेट टिमले बेलायतमा मैत्रीपूर्ण खेल खेल्नुले दौत्य सम्बन्ध विस्तारमा कोशेढुंगा सावित भएको पनि उनले उल्लेख गरे ।

दुई वर्षभित्र दुवै देशका उच्चस्तरीय भ्रमण आदानप्रदान, भिषा लिन ब्रिटिश हाइ कमिसन, नयाँदिल्ली जानुपर्ने बाध्यताको अन्त्य गर्न कुटनीतिक संवाद र सिधा हवाइ सम्पर्कका लागि संवाद थालिने कार्ययोजना पनि उनले सुनाए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here