‘पशुपति प्रसाद’ पछि ‘धनपति’ लिएर आउँदै खगेन्द्र र दीपेन्द्र

0

गत वर्ष ‘पशुपति प्रसाद’का लागि सर्वाधिक प्रशंसा बटुलेका निर्देशक दीपेन्द्र के खनाल तथा अभिनेता खगेन्द्र लामिछानेले दोस्रो सहकार्यको घोषणा गरेका छन्। उनीहरूले ‘धनपति’ फिल्मको घोषणा गरेका छन्।

प्रेस विज्ञप्ती जारी गर्दै टुकी आर्टसले फिल्म माघबाट फ्लोरमा जाने बताएको छ। फिल्मको कथा,पटकथा तथा संवाद खगेन्द्र लामिछानेले लेखेका हुन् । रोजिना सिटौला निर्माता रहेको  ‘धनपति’मा सह–निर्माता रजना नापित र समीर देवकोटा छन् । त्यस्तै सहायक निर्माता ओम गुरुङ छन् ।

खगेन्द्र लामिछानेको मुख्य भुमिका रहने फिल्मका बाँकी कलाकारको छनौंट सुरु गरेको निर्माणपक्षले जनाएको छ। फिल्म आगामी वर्ष रिलिज हुने बताइएपनि मिति भने सार्वजनिक गरिएको छैन्।

उनीहरू निर्मित ‘पशुपति प्रसाद’ले राष्ट्रिय पुरस्कार लगायतका थुप्रै फिल्म अवार्डमा सर्वोत्कृष्ट बनेको थियो। फिल्म व्यापारिक तथा समिक्षकिय रूपमा अब्बल सावित भएको थियो।

‍सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउँछ ?  भन्ने सेरोफेरोमा फिल्मको कथा रहने जनाइएको छ।

timthumb-dhanpati

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here