पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने घोषणा गरेका छन्।
हिजो पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो । यस क्रममा पाइलट अभिनन्दन पक्राउ गरेका थिए ।
संसदमा बोल्ने क्रममा प्रधानमन्त्री इमारान खानले ‘Pease gesture (शान्ति संकेत)’ का रुपमा पाइलटलाई शुक्रबार रिहा गरिने बताए।
उनको भाषण अहिले भारतमा भाइरल बनेको छ। प्राय भारतीयहरुले उनले बोलेको कुरामा सहमति देखाएको सामाजिक संजालमा देखिन्छ।
उनले भारतमाथि आरोप लगाउदै भने “आज भारतले जे गरिरहेको छ, आसन्न चुनावलाई हेरेर गरिरहेको छ । भारतीय सरकारले अहिले बार्ता गर्न पनि चाहेको छैन”
म मोदीलाई सन्देश दिन चाहन्छु कि कसैलाई युद्धतर्फ धकेलियोस । भारतलाई भन्न चाहन्छु कि यसर्लाइ यही रोकौं । अगाडि नलगौं । अन्यथा पाकिस्तानले वाध्यतावस जवाफ दिनुपर्ने हुन्छ ।
उनले यो भनिरहदा सत्तापक्ष मात्र नभई प्रतिपक्षका सांसदहरुले टेबल ठोकेर समर्थन गरेका थिए।
हेर्नुहोस उनको पुरा भाषण