५ जनाभन्दा बढी उडान गर्न नमिल्ने हेलिकप्टरमा किन ७ जना ? : योगेश भट्टराई

नेकपाका युवा नेता एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मौसम खराब हुँदाहुँदै ७ जनालाई किन उडान गरियो भनेर प्रश्न गरेका हुन् ।

 

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद् समेत हुन् । ताप्लेजुङको पाथीभराबाट काठमाडौंतर्फ उडेको हेलिकोप्टर दुर्घटना हुँदा बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here