मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना, मन्त्री सहित ७ जना यात्रुको निधन [Live Update]

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ र त्यसबारे थप जानकारी आउदै छ। ताप्लेजुङ जाँदै गरेको एयर डाइनाइनास्टी हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको हो।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए ।

१०:४५ ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रु ७ जनाकै निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

१०: ३५ र्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।

१०:२५ ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

१०:१५ दुर्घटनामा परि सबैजनाको निधन भएको दुखद खबर आएको छ

१०:१२ स्थानीय : “हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।”

१० : १० एक जना को डढेको शरीर भेटिएको अपुष्ट जानकारी आएको छ

१०: ५ प्रधानमन्त्री का स्वकीय सचिव पनि हेलिकप्टरमा थिए

१०:०० मन्त्रिपरिषदको आकास्मिक बैठक बस्दै

९:३० हेलिकप्टर मामन्त्री रवीन्द्र अधिकारी सहित ६ जना सवार

तस्विर र भिडियो स्रोत AP1 HD TV

हेर्नुस लाइभ टिभी 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here