एनआरएनए फ्रान्सले लाप्राक बस्तीकोलागि पठायो “भुकम्पको बाँकी पैसा”

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति फ्रान्सले लामो समय देखि संस्थाको खातामा जम्मा गरी राखेको भुकम्पको बेला उठेको पैसा एनआरएनए ले बनाउदै गरेको लाप्राक बस्ती निर्माण सम्पन्न गर्न सहयोग हुने विश्वासका साथ नेपाल पठाएको छ। कार्यसमितिको १० औं नियमित बैठकले पैसा पठाइएने निर्णय गरेको थियो ।

गत साधारण सभामा संस्थाको खातामा भुकम्पको निम्ति उठाएको मध्य १२ हजार बाँकी रहेको जानकारी गराइएको थियो। उठेको मध्य पहिलो र दोस्रो पटक गरि पैसा पठाईसकिएको र यो तेस्रो पटक बाकी सबै पठाइएको संस्थाले जनाएको छ। भुकम्पको पैसा लामो समय  संस्थाको खातामा जम्मा रहदा बिभिन्न टिकाटिप्पणीहरु हुदैं आएका थिए। नेपालमा २०१५ को भुकम्प पश्चात एन आर एन ए फ्रान्सले सहयोगको लागि नेपाली तथा फ्रेन्चहरुमा आवाहन गरेको थियो। सहयोग रकम जम्मा भए पश्चात मात्रै संस्थाले २ पटक कार्यसमिति परिवर्तन गरिसकेको छ।  

संस्थाले नेपाली पाठशाला सुरु गर्ने निर्णय गरेको केहि दिनमै विवादित बनेको भुकम्पको पैसा पठाउने निर्णयले संस्थाप्रति लोकप्रियता भने पक्कै बढ्ने विश्वास गरिएको छ। अब संस्थाले सपूर्ण फ्रान्सवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै रचनात्मक कामहरु गर्दै जानुपर्ने देखिन्छ।

पूर्ण सूचना

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले कार्यसमितिको १० औं नियमित बैठकमा निर्णय भए बमोजिम गोरखाको लाप्राक बस्ती निर्माण सम्पन्न गर्न १२ हजार युरो आर्थिक सहयोग एनआरएनए केन्द्रमा पठाइको जानकारी गराउदछौं।

लामो समय देखि निर्माणाधीन लाप्राक बस्ती विश्व भरि छरिएका सम्पूर्ण नेपालीहरुको साथ र सहयोगले निर्माण सम्पन्न हुने क्रममा रहेको छ।
नेपालमा २०१५ को भुकम्प पश्चात एन आर एन ए फ्रान्सले सहयोगको लागि नेपाली तथा फ्रेन्चहरुमा अनुरोध गरेको थियो।

एनआरएनए केन्द्रले सहयोग रकम पठाउन आवाहन गरे अनुसारनै यसअघि पटक पटक सहयोग रकम पठाइएको र बाकी रहेको रकम अहिले पठाइएको जानकारी गराउदछौं।

चाडैंनै लाप्राक बस्ती सम्पन्न भइ भुकम्प पिडितहरुलाई हस्तान्तरण हुने विश्वासका साथ फ्रान्सवासी नेपालीहरुले गर्नु भएको सहयोगको लागि फेरी पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं।

प्रकाश सापकोटा
प्रवक्ता
एनआरएनए फ्रान्स परिवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here