युरोपमा नेपाली गतिबिधिहरु

[avatar user=”dilliram” size=”thumbnail”]डिल्लीराम अम्माई, बेल्जियम[/avatar]

बेल्जियममा शिवरात्री पर्व मनाइदै:

आगामी मार्च ४ तारिक बेल्जियमको आन्त्वेर्पेन केर्कस्ट्त्रात १२१ स्थित हलमा सामुहिक महाशिबरात्रि उत्सब राखिएको छ। पुजाको अवसरमा भक्तहरुको स्वैच्छिक दानबाट खर्च कटाएर बसेको अंश परोपकारी अभियानमा लगाइने आयोजक चन्द्र ढकालले जानकारी दिएका छन । सामाजिक अभियन्ता राम पुन, चन्द्र ढकाल,लामा गुरु मदन गुरुङ लगायतको शिर्ष आयोजक मण्डलले शिवजीको पुजाको ब्याबस्थापन अन्तिम चरणमा पुगेको जनाएका छन्। त्यस्तै अर्को एक जानकारी अनुशार आगामी अप्रिल १६ को दिन क्षेत्री समाज बेल्जियमले आन्त्वेर्पेन, मेर्क्सिम स्थित हलमा एक च्यारिटी सांस्कृतिक कार्यक्रम गरेको छ।

शेर्पा समाज युरोपमा नयाँ नेतृत्व :

युरोपको अर्को खबर अनुशार बेल्जियममा भएको यूरोप शेर्पा संघको चौथो महाधिवेशनबाट जर्मनीको दावा ग्याल्जेन शेर्पाको नेत्रित्वामा नयाँ कार्यसमिति चयन भएको छ जसमा उपाध्यक्ष ओड०गेल शेर्पा बेल्जियम, महासचिवमा सान्ठु शेर्पा पोर्तुगल कोषाध्यक्षमा नुमु शेर्पा साईप्रस रहेका छन् । सदस्यहरु क्रमश छिरिड० शेर्पा पोर्तुगल,काजी शेर्पा बेल्जियम, डि०मा शेर्पा बेल्जियम, कर्मा शेर्पा जर्मनी, सोनाम शेर्पा पोल्याण्ड, चयन भएका छन् ।

माल्टामा कबिताबाचन हुँदै :

गत फेब्रुवरी १२मा माल्टामा गैह्र आबासिय नेपाली संघ नामक छाता संगठनको गठन भएपछी त्यहाँको नेपाली समाज भित्रका गतिबिधिहरु तिब्र हुन थालेका छन्। माल्टामा भएका संदेश केशी जस्ता नेपाली साहित्य र सँस्कृतिमा रुचि राख्ने नेपालीहरुले समेत आफ्ना गतिबिधिहरु अगाडी बढाउँ थालेका छन्। माल्टामा यति नै संख्यामा नेपाली छन् भनेर तथ्याङ्क बाहिर नआएपनि २ हजार भन्दा बढी नेपाली भएको अनुमान गरिन्छ। ’एकिन तथ्याङ्क त् अब एनआरएनए माल्टाले बाहिर ल्याउने छ ’एनआरएनए माल्टाका महासचिब संदेश केशीको दावी छ। ’तर माल्टामा कामदारको रुपमा नेपाली आइरहने हुनाले संख्या थपघट त भै नै रहन्छ’ उनले थप्छन। गैह्र आबासीय नेपाली संघ माल्टाका महासचिब संदेशले दिएको जानकारी अनुशार २०१७ को पद्मश्री साहित्यिक पुरुस्कार प्राप्त ख्याति प्राप्त युबा कबि नबराज पराजुलीको प्रमुख आथित्यता र प्रस्तुतीमा आगामी मार्च २ तारिक माल्टामा एक कबिता बाचन कार्यक्रम हुँदै छ। यो कार्यक्रमले के संकेत गरेको देखिन्छ भने अब माल्टाका नेपालीहरु सामाजिक गतिविधिमा पनि सल्बलाउदै छन् , केहि गर्न खोज्दै छन्, छरिएर बसेका नेपालीहरु कुनै न कुनै कार्यक्रम मार्फत एउटै छाना तल बसेर सृजनात्मक कार्यमा लाग्दै छन भन्ने संदेश दिएको छ ।

साइप्रसमा श्रुती मिस साइप्रस चयन भइन् :

माल्टा जस्तै सुन्दर टापु साइप्रसमा समेत नेपाली चेलीहरुले मिस नेपाल साइप्रसको चुनाव गरेका छन्। घरायसी र अस्पतालका नर्सको रुपमा नेपालबाट काम गर्न साइप्रस पुगेका नेपाली चेलीहरुले १७ फेब्रुवरी आइतबार उक्त कार्यक्रम राखेका थिए। मिस नेपाल साईप्रसको उपाधी श्रुती राणाले जितेकी छिन, गत आईतवार लिमासोलमा सम्पन्न भएको प्रतियोगितामा साईप्रसमा बसोबास गर्ने सोह्र जना सुन्दरीहरुले भाग लिएका थिए । क्लब एन्जे हेल्थ एन्ड ब्युटी, क्याथि एजुकेसन र राकेश फुयाल को आयोजना र ब्यबस्थापनमा भएको प्रतियोगितामा जिके राउन्ड,परिचय, ट्यालेन्ट शो , प्रस्नोत्तर राउन्ड, ब्युटी विथ प्रपोस, हेड टू हेड राउन्ड गरी सात चरण गरेर छनोट गरिएको थियो। फिस्ता लुइगी, निराजन खत्री, बिसु पाण्डे , नाताली गिओगिउ र आन्थी निकोलैदेसको निर्णायक मन्डलले अन्तिम चरणमा गरेको निर्णय अनुसार श्रुति राणाले २०१९ को मिस नेपाल साइप्रसको ताज जितेकी छिन् भने फस्ट रनर अप श्रृटिना मान्धर , सेकेन्ड रनरअप तुलसा बुढाथोकी र थर्डरनरअप रन्जु बोहोरा र स्टार अफ नेपालको उपाधी रोसी योन्जनले जितेका छन । बिजेताहरुलाई नगद पुरुस्कार सहित उपहार बितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here