धुर्मुस सुन्तलीले चितवनमा बनाउने क्रिकेट रंगशाला : खेलप्रेमी सहित स्थानीय उत्साहित (फोटो सहित)

भरतपुर : रंगशाला निर्माण गरिने चितवनको शान्तिचोक वरपरका बस्तीमा अहिले खुसियाली छाएको छ। रंगशाला बने गाउँकै विकास हुनेमा आशावादी छन स्थानीय बासिन्दा।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको अढाई वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।

करिब ३० हजार दर्शक क्षमताको रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् ।

यस्तो पवित्र कार्यमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीले दिल खोलेर सहयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु । कथंकदाचित रकम अपूग भयो भने सरकारले पनि सहयोग गर्ला’ कलाकार समेत रहेका धुर्मुसले भनेका छन् ।

कमलको फुल आकारको रंगशालाको बाहिरी भागमा नेपाल चिनाउने एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । रंगशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here