
पारस खड्काको कप्तानी इनिङसँगै नेपालले युएईविरुद्धको तीन एक दिवसीय क्रिकेटको श्रृंखला नेपालले २-१ ले जित्दै इतिहास रचेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यूएईविरुद्ध सोमबार सम्पन्न ओडीआई सिरिजको ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् । निर्णायक खेलमा नेपाललाई ४ विकेटको जित दिलाउन कप्तान पारसले शतक प्रहार गरेका थिए । ।
यूएईविरुद्ध २५५ रनको लक्ष्य पछ्याएको नेपाल ६ विकेट गुमाउँदै ४४।४ ओभरमा लक्ष्य भेट्टाएको हो ।
पहिले खेल हारेको नेपालले लगातार २ खेल जित्दै सिरिज हात पारेको हो । आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले पहिलो उपाधि हात पार्न सफल भएको हो। ।
फेसबुक स्टाटस मर्फत कप्तान पारस खड्काले खेलाडी,ब्यवस्थापन टिम र समर्थन गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेर खुसी ब्यक्त गरेका छन।
खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।
"This is the beginning." @paras77 reacts to Nepal's historic ODI series win and praises their fans who cheered them to victory today in Dubai! 🙌 #UAEvNEP pic.twitter.com/YeKj97KgpR
— ICC (@ICC) 28 janvier 2019