
दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् ।
मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि उनको हालसम्म शपथ हुन सकेको थिएन ।
स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो । सपथ लगत्तै संचारकर्मीहरु संग बोल्दै मनाङले आफू कुनै पार्टीमा प्रवेश गर्ने विषयमा अहिले नसोचेको प्रतिक्रिया दिए ।
फोटो गण्डकी मिडिया