स्पेनका राजदुत भरतबहादुर रायमाझी नेपाल फर्किने

स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि सरकारले तोकेको समय भन्दा एक साता बडी स्पेनमै बसेर दुइ दिनमा नेपाल फर्कीने तयारी गर्दै छन्। उनलाई मन्त्रिपरिषदले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उनलाई नेपाल बोलाउने निर्णय गरेको थियो ।

राजदूत रायमाझीले तोकेको समय कटिसक्दा पनि स्पनमै बस्दै आएका थिए। मन्त्रिपरिषदको निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावसलाई पत्राचार गरेको थियो । स्रोतका अनुसार स्वदेश फर्कन केही समय थप गर्न आग्रह गर्दै रायमाझीले परराष्ट्रलाई पत्राचार गरे पनि उनको माग अस्वीकार गर्दै तोकिएकै मितिमा फर्कन निर्देशन दिइएको थियो। उनि नेपाल फर्किन ढिला गर्नुको कारण भने खुल्न सकेको छैन। रायमाझी शेरवहादुर देउवाको पालामा राप्रपाको कोटामा राजदुत बनेका थिए ।

गैर आवासीय नेपाली संघ छेत्रीय समिति म्याड्रिडले यहि मंगलबार स्पेनका लागि प्रथम राजदुत भरतबहादुर रायमाझीलाइ बिदाइ कार्यक्रम सम्पन्न गरेको थियो। उक्त कार्यक्रममा बोल्दै रायमाझीले स्पेनमा राजदुतावास स्थापना गर्नु आउन पाउनु आफ्नो अहोभाग्य भएको बताएका थिए । उनले स्पेनवासी नेपालीहरुलाइ आफुले गरेका कामहरु बताउदा भावुक बनेका थिए। पत्रपत्रिकामा आएका भ्रामक समाचारहरु प्रति उनले दुख ब्यक्त गरेका थिए।

केहि संचार मध्यममा रायमाझी स्पेनमै शरणार्थी भएर बस्ने अनुमान गर्दै भ्रामक समाचार छापिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here