भोलिको संसद बैठकमा मुठभेड हुन सक्ने : गगन थापा

गगन थापा, फोटो : रिपोर्टर्स क्लब

नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलिको संसद बैठकमा मुठभेड हुन सक्ने चेतावनी दिएका छन् ।

बिहीबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसदबाट झुक्याएर पारित गराउने प्रयास भएकोप्रति असन्तुष्टि जनाए । थापाले प्रतिनिधि सभा बैठकमा सभामुखले कांग्रेससंग परामर्श गरेर मात्रै चिकित्सा विधेयक अघि बढाउने विश्वास व्यक्त गरे । उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने काम नगर्न सरकारलाई दवाव दिएका थिए ।

उता नेपाल चिकित्सक संघले विगत १६ दिनदेखि अनसरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकार उदासिन रहेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीले संसदीय सर्वोच्चता स्वीकार्दै आफूसँग भएको सम्झौता ‘जस्ताको तस्तै लागू हुनुपर्छ’ भन्ने हठ त्याग्नुपर्ने  बताएका छन्।

आजै सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद वास्कोटाले नियम संगत पेश भएको चिकित्सा विधेयक फिर्ता नहुने, “अधिनायकवाद भने भन्नुस्, दुईतिहाइको दम्भ भने भन्नुस्। विधेयक पारित हुन्छ” भनेका छन । उनले डाक्टर गोविन्द केसीले हावामा तरबार चलाउन खोजेको भनि आरोप लगाएका छन्। उनले विधेयक संसदमा प्रस्तुत गर्न नदिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गैरलोकतान्त्रिक चरित्र देखाएको पनि आरोप लगाए।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here