श्रृंखला खतिवडा बनिन नेपाल- फ्रान्स दौत्य सम्बन्ध वर्षगाँठको सद्भावना दूत

source : onlinekhabar

फोटो स्रोत : अनलाइन खबर 

नेपाल फ्रान्सबीच द्धिपक्षीय सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा मिस नेपाल श्रृंखला खविडा सदभावना दुत घोषण भएकी छिन् ।

दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन खतिवडा सदभावना दुत नियुक्ति गरिएको हो ।

यसैबीच फ्रान्सका युरोप र विदेश मन्त्रालय मामिलाका महासचिव माउरिस गौरडाउल्ट मोन्टाग्ने र परराष्ट्र सचिव शंकरदास बैरागीले सयुक्त रुपमा खतिवडालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । साथै आझै नेपाल फ्रान्स  द्धिपक्षीय सम्बन्ध स्थापना भएको ७० वर्षको लोगो पनि सार्वजनिक गरिएको छ।

बूढानीलकण्ठ नगरपालिकास्थित एक माध्यमिक विद्यालयका विद्यार्थीले बनाएको उक्त लोगोका बारेमा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिए लेजेले जानकारी दिनाका साथै यो वर्षभरि आयोजना हुने कार्यक्रमबारे सङ्क्षिप्त चर्चा गर्नुभयो । सद्भावनादूत खतिवडाले नेपाल र फ्रान्सबीचको सम्बन्ध सुदृढीकरण अनेकतामा एकता नेपालको विशेषता प्रवद्र्धनमा आफूले इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here