नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा ४३औ राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न

जनसम्पर्क समिति बेल्जियम

नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापती सुबास गुरुङको अध्यक्षतामा ४३ औ राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रम सम्पन्न भएको  छ।

उक्त कार्यक्रममा गैरआबासीय नेपाली संघका सचिब जानकी गुरुङको प्रमुख आतिथ्यता तथा नेपाली जनसम्पर्क समन्वय समिति युरोपका महामन्त्री तथा जनसम्पर्क समिति बेल्जियमका पुर्ब सभापति गंगाधर गौतमको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा एनआरएनए बेल्जियमका प्रथम उपाध्यक्ष गोबिन्द सिंह अधिकारी, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष बाबुराजा लामा, एनआरएनए आइसीसी सदस्य पदम गुरुङ, इना बेल्जियमकी अध्यक्ष पार्वती अधिकारी, प्रवासी नेपाली एकता समाजका अध्यक्ष दिपेन्द्र केशी, तमु समाजका अध्यक्ष जिबन गुरुङ, विश्व मगर संघका अध्यक्ष लोक राना मगर, गुल्मी समाजका अध्यक्ष कुल बहादुर कार्की, सिक्लेस पार्चे कल्याण कोषका अध्यक्ष चोक राज गुरुङ, गोर्खा समाजका अध्यक्ष राम घले, शेर्पा समाजका अध्यक्ष सोनाम शेर्पा, तामाङ्ग समाजका प्रतिनिधि शान्ता गोले, ब्याबसायी संघका बरिष्ठ उपाध्यक्ष चिरन खवास, चितवन सहायता कोषका रफी शाह, थारु समाजका इश्वरी प्रसाद चौधरी, क्षेत्री समाजका जयराम प्रताप के सी, बाग्लुङ्ग समाजका पुर्ब उपाध्यक्ष आकास थापा मगर, लुम्बिनी कपिलवस्तु अभियान बेल्जियमका महासचिव नन्द राज घले, चितवन सहायता कोष बेल्जियमका महासचिव इश्वरी प्रसाद कंडेल लगायत बेल्जियममा भएका अधिकांश संघ संस्थाका नेतृत्वहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष यसोदा थापाले उपस्थित सबैलाई सस्थाको तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। राष्ट्रिय मेलमिलाप दिबसको महत्त्वबारे पत्रकार महासंघ युरोपका बरिष्ठ उपाध्यक्ष दिल्ली अम्माई, गोबिन्द सिंह अधिकारी, बाबुराजा लामा, दिपेन्द्र के सी, जानकी गुरुङ लगायतले बिपीको मेलमिलाप नितीबारे आ-आफ्नो धारणा राख्नु भएको थियो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस युरोपका नेता गंगाधर गौतमले मेलमिलाप दिवासको सान्दर्भिकता बेल्जियमको कांग्रेस बेल्जियम भित्रको बिद्रोहसंग सम्बन्धित नभई नेपालको संबेदनशील राष्ट्रियता, सार्बभौमिकतासंग रहेको बताए।

नेपाली कांग्रेसका केन्द्रिय निर्देशन र जनसम्पर्क समिति बेल्जियमको बिधान अनुसार आगामी १० मार्च २०१९ मा सम्पन्न हुने अधिबेशनले सबै समस्याको हलहुने हुँदा बेल्जियमबासी सम्पुर्ण संघ-सस्था र नेपाली समुदायलाई अनुरोध समेत गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here