NRNA:गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको साधारण सभा सम्पन्न

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ज (एनआरएनए एनसीसी) जर्मनीको बार्षिक साधार​ण​ सभा ५ जनवारी २०१९ दिन ब्रेमेन​ श​ह​रमा सम्पन्न भएकोछ।

एनआरएनए एनसीसी जर्मनीका अध्यक्ष बिजय मोक्तानको अध्यक्षतामा बिभीन्न कार्यक्रमहरु सहित साधारण सभा समापन भएको छ। उक्त कार्यक्रममा जर्मनीका लागि नेपाली महामहिम राजदुत रमेश प्रसाद खनालको प्रमुख अतिथीमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक जिवा लामिछाने, संरक्षक रामप्रताप थापा, उपाध्यक्ष ​कुमार प​न्त​, म​हिला उपाध्यक्ष ​स​पिला राजभ​न्डारी, महिला संयोजक रजनी प्रधान, एनआरएनए एनसीसी जर्मनीका संस्थापक अध्यक्ष दिल ब​हादुर गुरुङ्, पूर्व महिला संयोजक उषा शर्मा, युरोप​ युवा संयोजक ज​य​कृष्ण ​ ठाकुर, जर्मनीबाट आइसिसी स​द​स्य​ द्वय नाराय​ण​ अधिकारी, ह​रेन्द्र​ व​नेम निर्वतमान आइसिसी स​द​स्य​ सुरेन्द्र​ प्र​धान, ​निबर्तमान अध्यक्ष नब राज रोसयरा, संबिधान सभाका पुर्व सभास​द तारादेवी राइ, ग​णेश​मान सिंह केन्द्रका अध्यक्ष बाबुराजा चीत्र​कार सहितका सबै विशिष्ट अतिथिहरु उपस्थित हुनुहुन्थ्यो।

जर्मनीमा कार्यरत सबै स्थानीय संघ संस्थाहरुको प्रतिनिधित्व गरी उपस्थितिले संघमा अझ धेरै उत्साह र उमंग उत्पन्न गरेको आभास भएको छ। त्येसैले उपस्थ्ति सबै व्यक्तिहरु र संघ-संस्थाहरुलाई हार्दिक आभार ज्ञापन गर्दै सहकार्य र सहमतिका हात सधै खुला रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीले अपौचारिक जानकारी दिन चाहन्छ।
आफ्नो भौतिक अनउपस्थितिमा पनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको साधारण सभाको कार्यक्रम सफलताको लागी शुभकामना संदेश पठाउने सबै अग्रज तथा अभिन्यताहरुलाई पनि संघ हार्दिक धन्यबाद ज्ञापन गर्दछ।

नेपालको विकास र समृद्धिको लागी नेपालको नेपाली र एक पटकको नेपाली जहा गए पनि सधै नेपाली भन्ने कुरा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीले सधै आत्म साथ गर्दै आएको छ।

नेपाल पर्यटन विकासमा गैरआवासीय नेपालीहरुको देन रहेकोले आगामी २०२० नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्षलाई अझै प्रभाकारी बनाउने सबै जर्मनी निवासी गैरआवासीय नेपालीहरुको मुख्य जिम्मेवारी रहेको जानाकारी नेपाली दुतावास दिएकोमा धेरै हर्ष बिभोर भएका छौ।

नेपालको कला संस्कृतिलाई गैरआवासिय नेपालीहरुले सधै जगेर्ना गर्दै आईरहेका छौ। जर्मनीभरी छरिएर र​हेका गैरआवासीय नेपालीहरुले नेपाली कला र संस्कृतिलाई समानान्तर रुपमा विकास गर्न गैरआवासीय नेपाली संघको महत्वपूर्ण योगदान रहेको छ। त्येसैले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको साधारण सभालाई सफल बनाउन नेपालबाट आउनु भएका कलाकारद्वय चोलेन्द्र पोडेल र ज्योति लोहनी लाई पनि हार्दिक आभार प्रकट गर्दछ।

अन्त्यमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको साधारण सभामा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीका सबै तह र तक्माका पदाधिकारीहरु र कार्यकारी सदस्य तथा सबै एलसिसीहरुको अथक प्रयास र कडा मेहनत परिश्रमले यो साधारण सभा सम्पन्न भएकोले हामी सबै बधाईका पात्र भएका छौ।

धन्यवाद
शंकर डाँगी
प्रबक्ता
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here