फ्रान्सका विदेश सचिव नेपाल जाँदै, नेपाल फ्रान्स सम्बन्धको ७० औं बर्ष मनाउने तयारी

काठमाडौँ- नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान (Maurice Gourdault-Montagne) नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते नेपाल जानुहुने भएको छ। फ्रान्स-नेपाल बीच लामो समयपछि काठमाडौंमा दुईपक्षीय सम्बन्धबारे राजनीतिक तहमा छलफल हुने भएको छ। सन् २००६ पछि फ्रान्सबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो। कूटनीतिक मामिलामा मोन्तान विदेशमन्त्री पछिका शक्तिशाली मानिन्छन्।

परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उहाँका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुनेछ। नेपालले कूटनीतिक सम्बन्ध राखेको चौथो देश हो फ्रान्स । उत्तरी छिमेकी चीनभन्दा पहिले नेपालको सम्बन्ध फ्रान्ससँग स्थापना भएको हो । सन् १९४९ अप्रिल २० मा फ्रान्ससँग सम्बन्ध कायम भए पनि अहिलेसम्म दुईपक्षीय राजनीतिक र सहयोग प्रक्रिया अघि बढाउने अन्य औपचारिक कूटनीतिक संयन्त्र छैन । मोन्तानको भ्रमणमा विशेषगरि सन् २०१९ लाई कसरी द्विपक्षीय कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठ मनाउनेमा नै धेरै केन्द्रित हुनेछ । गत कात्तिक अन्तिमसाता भएको पेरिस बैठकमा द्विपक्षीय सम्बन्धका सबै मुद्दामा छलफल भएको र त्यसलाई निरन्तरता दिन उनी नेपाल आउन लागेको परराष्ट्र अधिकारीले बताए। परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सको विदेश मन्त्रालयका महासचिव मोन्तानबीच गत कार्तिक २६ गते लामो छलफल भएको थियो। बैरागी प्रथम बिश्वयुद्दको १०० बर्षको अवसरमा आयोजित कार्यक्रममा भाग लिन पेरिस आएका थिए ।

७० वर्षको सम्बन्धबारे नयाँ लोगो सार्वजनिक गर्ने र सद्भावना कार्य घोषणा गर्ने तयारी भएको नेपालस्थित फ्रान्सेली दूतावासले जनाएको छ। नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वाँ जाभिए लेजेले नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठ कसरी मनाउने र उच्चस्तरीय भ्रमणको पहल गर्नेलगायत छलफल हुने तथा केही घोषणा हुने जानकारी दिएका छन्।

नेपाली राजदुतावासमा अन्तरक्रिया कार्यक्रम :

नेपाली राजदुतावास पेरिसले यहि ५ जनवरी २०१८ का दिन फ्रान्सस्थित विभन्न संघसंस्थाका पदाधिकारीहरु तथा बुद्दिजिविहरु संग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  उक्त कार्यक्रमको मूल उद्देस्य नेपाल र फ्रान्स बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं बार्षिकउत्वस के कसरि मनाउन सकिन्छ, र कार्यक्रमहरुलाइ कसरि प्रभावकारी बनाउन सकिन्छ भन्नेमा केन्द्रित थियो।  कार्यक्रममा महामहिम राजदुत अम्बिका देवी लुइंटेलज्युले फ्रान्ससंग नेपाल सरकारले सम्बन्ध अझै घनिष्ट बनाउन चाहेकोले नेपाली राजदुतावास फ्रान्सले बिभिन्न कार्यक्रमहरु ल्याउनको लागि तयारि थालेको बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here